default_image

6 years ago

September 29, 2019

ओलम्पियनद्धारा मासिक भत्ता उपलब्ध गराउन आग्रह

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा परिचय दिलाउन सबै भन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने चार ओलम्पियनले मासिक भत्ता उपलब्ध नगराएकोमा गुनासो गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पिकमा भाग लिने खेलाडी तथा दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडीलाई मासिक भत्ता दिने परम्पराको सुरुवात गरेकोमा धन्यवाद दिदै पुर्व ओलम्पियन वैकुण्ठ मानन्धर,संगिना वैद्य,राजेन्द्र भण्डारी र दीपक विष्टले मासिक भत्ता नपाएको भन्दै उपलब्ध गराउन आग्रह गरेका छन् ।

सागका स्वर्ण पदक विजेतालाई मासिक ५ हजार र ओलम्पियनलाई मासिक ३ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । तर, यी चार ओलम्पियनलाई सागका स्वर्ण पदक विजेताका रुपमा भत्ता दिएको भन्दा ओलम्पियनले पाउने भत्ता दिएको छैन । चार बाहेकका ओलम्प्यिनले भने भत्ता पाउँदै आएको बताइएको छ ।

ओलम्पियनहरुले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) मार्फत ओलम्प्यिन भत्ता उपलब्ध गराउन पहल गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन् । ओलम्पियन मानन्धर,वैद्य, भण्डारी र विष्टले एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठसमक्ष ध्यानाकर्षण पत्र बुझाएका छन् ।

ओलम्पियन र सागका स्वर्णपदक विजेताले देशका लागि आफुले केहि गर्न सकेकोमा गर्वको अनुभुति गर्न पाउने र युवा पुस्तामा खेलप्रतिको आकर्षण बढ्ने देशका लागि खेल्ने र पदक जित्ने लक्ष्य बनाउने मद्दत पुग्ने विश्वास रहेपनि मासिक भत्ता दिने परम्पराको सुरुवात गरेपनि आफुहरुले ओलम्पियन भत्ता नपाएको उनीहरुको गुनासो छ ।

सागमा तीन पटक स्वर्ण पदक जितेका मानन्धरले सन् १९७६, १९८०, १९८४ र १९८८ मा गरि चारपटक ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए । वैद्य र भण्डारीले २००४ को एथेन्स ओलम्पिकमा भाग लिएका थिए । त्यस्तै विष्टले बेइजिङ ओलम्पिक मा खेलेका थिए । वैद्य र विष्ट छनोट चरण पार गरेर ओलम्पिकका लागि छनोट भएका थिए ।

April 27, 2025

राष्ट्रिय हक्की यसै साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

April 27, 2025

धादिङबेसीमा बागमती प्रदेश तेक्वान्दो हुने

काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]

Success

Thank you for your time.