5 years ago
September 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि विभिन्न समितिहरु गठन गरिएको छ । १३औं साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको छैटौं बैठकले विभिन्न उपसमिति समिति गठन गरेको हो ।
बैठकमा संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललगायतको उपस्थिति रहेको थियो ।
समितिअन्तर्गत राष्ट्रिय टिम तयारीमा रिमबहादुर रानाभाट संयोजक र महेन्द्रकुमार राई सचिव, खेल स्थल व्यवस्थापनमा राखेपका पूर्व सदस्यसचिव केशवकुमार विष्ट संयोजक र लवभक्त श्रेष्ठ सचिव, प्राविधिकमा गंगाबहादुर थापा मगर संयोजक र अर्जुनबहादुर विक सचिव, श्रोत साधन परिचालनमा उमेशलाल श्रेष्ठ संयोजक, सुरक्षामा प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनाल संयोजक र फणिन्द्र पौडेल सचिव तोकिएको छ ।
आवास व्यवस्थापनमा टासी घले संयोजक र विनोद उप्रेती सचिव, यातायात व्यवस्थापनमा अर्जुनबहादुर केसी संयोजक र सरोजकुमार पोखरेल सचिव, स्वास्थ्यमा डा. अजयशमशेर जबरा संयोजक र मधुसुदन बस्नेत सचिव, प्रचार प्रसार तथा प्रकाशनमा शिव कोइराला संयोजक र दुर्गाप्रसाद दुलाल सचिव, समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल संयोजक र कुलबहादुर थापा सचिव, स्वयंसेवक परिचालनमा विनोद श्रेष्ठ संयोजक र प्रेम मल्ल सचिव छन् ।
अनुगमन, निरीक्षण तथा मुल्यांकनमा अणप्रसाद न्यौपाने संयोजक र डेमबहादुर बस्नेत सचिव, अतिथि सत्कारमा अमरसिंह शाह संयोजक र अनन्तादेवी खनाल सचिव, खेल सामाग्री, उपकरण तथा पोशाक व्यवस्थापनमा पुरेन्द्रविक्रम लाखे संयोजक र वज्रबहादुर केसी सचिव तथा एन्टी डोपिङमा डा. सरोजकृष्ण श्रेष्ठ संयोजक र तिलक नेपालीलाई सचिव तोकिएको छ ।
बैठकले सागको अर्को आयोजनास्थल पोखराका लागि गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा ५ सदस्यीय स्थानिय व्यवस्था सहजीकरण समिति पनि गठन गरेको छ । समितिका सदस्यहरुमा पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी, राखेप सदस्य राजेश गुरुङ र तेजबहादुर गुरुङ रहेका छन् ।
सचिवमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी छन् । उक्त समितिलाई सहजीकरणका लागि विभिन्न ११ उपसमितिहरु गठन गर्न अधिकार पनि दिइएको छ । त्यस्तै सागमा समावेश विभिन्न २७ खेल मध्ये कुस्ती जनकपुरमा गर्ने निर्णय भएको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]