6 years ago
September 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)-नेपाल ओलम्पिक कमिटिको समन्वयमा तेक्वान्दोको ओलम्पिक सोलिडारिटी कोर्ष बुधबार सुरु भएको छ । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले कोर्षको उद्घाटन गरे ।
कोर्षमा राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक, जिल्लाहरुमा डोजाङ सञ्चालन गदै आएका तेक्वान्दो प्रशिक्षकले सहभागिता जनाएका छन् । कोर्षको संचालन कोरियन प्रशिक्षक प्रा.डा.इन सक ह्वाङले गर्नेछन् । नवौं डान लिएका ह्वाङलाई नेपालका छौटौं डान लिएका प्रशिक्षक श्रीमान थापा र पुर्ण योञ्जनले प्रशिक्षणमा सहयोग गर्नेछन् ।
असोज २९ गते सम्म संचालन हुने कोर्षमा छैटौं डान प्राप्त गरेका प्रशिक्षक १ जना, पाँचौं डान हाँसिल गरेका प्रशिक्षक ३१ जना, चौथो डान हाँसिल गरेका प्रशिक्षक २४ जना, तेश्रो डान हाँसिल गरेका प्रशिक्षक २५ जना र दोश्रो डान हाँसिल गरेका प्रशिक्षक ८ जनाले प्रशिक्षण लिइरहेका छन् ।
साथै प्रशिक्षणमा १३औं को बन्द प्रशिक्षणमा रहेका पुन्से विधाका १८ जना खेलाडीले पनि सहभागिता जनाएको तेक्वान्दोका मुख्य प्रशिक्षक नविन श्रेष्ठले जानकारी गराए । कोर्षको उद्घाटनका अवसरमा संघका उपाध्यक्ष भोजवहादुर शाह, महासचिव दिपराज गुरुङलगायतको उपस्थिति रहेको थियो ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]