6 years ago
September 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– जापानमा यसै साता सुरु हुने टोकियो २०२० ओलम्पिक एन्ड पारा ओलम्पिक गेम्स टेस्ट इभेन्टमा भाग लिन नेपाली खेलाडी त्यसतर्फ जाने भएका छन् । ५ दिन सम्म सञ्चालन हुने च्याम्पियनसिप बुधबार सुरु हुनेछ । नेपाली टोली मंगलबार जापानतर्फ प्रस्थान गर्नेछ ।
दक्षिण कोरियाली प्रशिक्षक योङदाल क्वाङ प्रशिक्षक रहेको टोलीमा मनोज मल्ल, योनिशा राई तथा पारा खेलाडीतर्फ पलेशा गोवद्धन रहेका छन् । नेपाल तेक्वान्दो संघ सातदोबाटोमा सोमबार संघका कार्यवहाक अध्यक्ष सन्जिव रेग्मीले प्रशिक्षक र खेलाडीको टोलीलाई विदाई गरे ।
कार्यवहाक अध्यक्ष रेग्मीले टेस्ट इभेन्टमा भाग लिन पाउनु खेलाडीका लागि महत्वपूर्ण अवसर भएकोब ताए । सो अवसरमा तेक्वान्दोको मुख्य प्रशिक्षक एवंम संघका सचिव नविनकुमार श्रेष्ठ, संघका सचिव एवंम् ओलम्पियन दिपक विष्ट, केन्द्रिय सदस्य हिराबहादुर थापा, केन्द्रिय सदस्य टार्जन सुब्बा लगायतको उपस्थिति थियो ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]