default_image

6 years ago

September 22, 2019

मुनलाइटकी दिव्यानीलाई बुद्धिचाल उपाधि

129 views

0 Bookmark

सुनील गाउँले

सिमरा – दोस्रो अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताअन्तर्गत छात्रातर्फ मुनलाइट एकेडेमीका दिव्यानी सर्राफ विजयी भएकी छिन् । मस्कट एकेडेमीकी प्रतिक्षा राउत दोस्रो र सोही एकेडेमीका साक्षी साह तेस्रो भइन् ।

बुद्धिचाल संघ पर्साले वीरगञ्जमा आयोजना गरेको बुद्धिचाल अन्तर्गत छात्र तर्फ होली एन्जल स्कुलका मुस्कान चौधरी च्याम्पियन बने । गौतम स्कुलका प्रिन्सराज सुवेदी दोश्रो तथा मस्कट एकेडेमीका परिक्षीत सेन तेस्रो भए ।

जुनियर तर्फ मनकामना एकेडेमीका अदित चौरसिया विजयी भए । मुनलाईटका सुरेश मुखिया दोश्रो र न्यु वेभ स्कुलका रोेहित साह तेस्रो भए । दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा पर्साका २९ नीजि विद्यालयका १ सय २३ विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

विजयी विद्यार्थीहरुलाई वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी लगायतले पुरस्कृत गरे । कार्यक्रमको आयोजनामा वीरगञ्ज महानगरपालिका, मारवाडी सेवा ट्रष्ट लगायतका संघसंस्थाहरुले सहयोग गरेको आयोजक बुद्धिचाल संघ पर्साका अध्यक्ष सुवोध पौडेलले जानकारी दिए ।

March 22, 2025

निमालाई सुरुङ्गा सहकार्य साइकल दौडको उपाधि

हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 22, 2025

काठमाडौं पिंक केयराथन- सुनसरीले जितिन् हाफ म्याराथन

ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]

Success

Thank you for your time.