6 years ago
September 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नमुना बौद्ध मास्टर्स बुद्धिचाल प्रतियोगिताको छैटौं चरणको समाप्तीमा फिडेमास्टर रुपेश जैसवाल, नेपाल च्याम्पियन पुरुषोत्तम चौलाई र डायनामिक एकेडेमीका क्यान्डिडेट मास्कर भुपेन्द्र निरौला संयुक्त रुपमा अगाडि रहेका छन् ।
पाँचौ राउण्ड सम्म एकल अग्रता लिएका रुपेश छैटौ राउण्डमा पूर्व नेपाल च्याम्पियन सूरवीर लामासँग बराबरीमा रोेकिए । रुपेशसँगै पुरुषोत्तम र चौलागाइ र भुपेन्द्रको समान ५ अंक छ । सुरवीरको ४ दशमलव ५ अंक छ ।
रुपेशसँगै पुरुषोत्तम र चौलागाइ र भुपेन्द्रको समान ५ अंक छ । दोश्रो बोर्डमा कालोगोटीबाट खेलेका पुरुषोत्तमले आशिष फुयाललाई हराए ।
तेश्रो बोर्डमा सेतोगोटीबाट खेलेका भूपेन्द्रले गजुरमुखी चेस क्लबका राजन सुवेदीलाई माथ दिए । पुन्यमान कर्माचार्यमाथी जित निकाल्दै क्यान्डिडेट मास्टर क्षितिज भण्डारीले सातौ राउण्डमा भुपेन्द्र निरौलासँगको भेट पक्का गरे । जितसँगै क्षितिजको ४ दशमलव ५ अंक भएको छ ।
पूर्व नेपाल च्याम्पियनद्धय नविन तण्डुकार र बद्रीलाल नेपालीले पनि शुक्रबार जित निकाले । नविनले क्यान्डिडेट मास्टर सजिन महर्जनलाई र बद्रीलाल नेपालीले जनार्दन श्रेष्ठलाई हराए । थापाथली चेस पार्कका सुमित पन्तले गोल्डेनगेट कलेजका निकेन कुशाथा माथी जित हातपारे । जितसँगै नविन ,बद्रीलाल र सुमिनको समान ४ दशमलव ५ अंक भएको छ । छैटौ राउण्डको अन्य खेलमा जित निकाल्दै फिडे माष्टर मनीष हमाल, राजेन्द्र बज्रचार्य, शुशिल चौधरी, गणेशमान दुवाल र प्रकाश नेपालको समान ४ अंक छ ।
त्यस्तै बराबरी खेलेका राजन पुरी र सुदीप तामाङको पनि समान ४ अंक छ । प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन तथा क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थको ३ दशमलव ५ तथा फिडेमास्टर रिजेन्द्र राजभण्डारी, क्यान्डिडेटमास्टर भगवती प्रसाद शर्मा, सुमन लामा, राकेश रौनियार, युवराज पौडेल, पुर्णराज खड्का, सुमन राई र मणीराज डाँगीको समान ३ अंक छ ।
नमुना बौद्ध चेस क्लबको आयोजना तथा मार्बल टेक्नोप्लाष्टको प्रायोजनमा जारी प्रतियोगिता अन्र्तगत शनिबार सातौं र आठौं राउण्डका खेल हुनेछन् ।
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 22, 2025
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]