default_image

6 years ago

September 18, 2019

नमुना बौद्ध मास्र्टसमा आशिष र नविन अगाडि

193 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थापाथली चेस पार्कका आशिष फुयाल र क्यान्डिडेटमास्टर नविन तण्डुकार काठमाडौंमा जारी दोश्रो नमुना बौद्ध मास्र्टस चेस प्रतियोगिताको तेस्रो चरणको समाप्तीमा संयुक्त रुपमा अग्र स्थानमा रहेका छन् ।

बुधबार दोश्रो तथा तेश्रो चरणका खेलमा आशिषले क्रमशः क्यान्डिडेटमास्टर भगवतीप्रसाद शर्मा तथा गोल्डेनगेट कलेजका सुदीप तामाङलाई हराए । त्यसैगरी नविनले दोश्रो चरणमा थापाथली चेस पार्कका जर्नादन श्रेष्ठ तथा तेश्रो चरणमा गोल्डेनगेट कलेजका क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थलाई माथ दिए । तीन चरणको समाप्तिमा आशिष तथा नविनको समान ३ अंक छ ।

प्रतियोगिताका शीर्ष खेलाडी फिडेमास्टर रुपेश जयसवाल, पहिलो संस्करणका विजेता सुरवीर लामा, राष्ट्रिय च्याम्पियन पुरुषोतम चौंलागाईं, डायनामीक चेस एकेडेमीका क्यान्डीडेटमास्टर भुपेन्द्र निरौला, गजुरमखी चेस क्लबका प्रकाश नेपाल तथा क्यान्डिडेटमास्टर कृष्ण थापा, फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ, गोल्डेनगेट कलेजका निकेन कुसाथा, राजन पुरी तथा प्रेमकृष्ण महर्जन समान २ दशमलब ५ अंकका साथ संयुक्त दोश्रो स्थानमा छन् ।

दोश्रो चरणको खेलमा सुमन लामालाई हराएका रुपेश तेश्रो चरणमा कृष्ण थापासँग बराबरीमा रोकिए । त्यस्तै सुरवीरले दोश्रो चरणमा सुमन राईलाई हराए भने तेश्रोमा प्रेमकृष्णसँग बराबरी खेले । दोश्रो चरणमा पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमान कर्माचार्यमाथि जित हासिल गरेका पुरुषोतमले तेश्रो चरणमा प्रकाशसँग बराबरी खेले । त्यस्तै भुपेन्द्र र सुजेन्द्र बिचको खेल पनि बराबरीमा सकियो ।

गोल्डेनगेट कलेजका सुदीप तामाङ, फिडेमास्टर रिजेन्द्र राजभण्डारी, क्यान्डिडेटमास्टरद्धय क्षितीज भण्डारी तथा भगवतीप्रसाद शर्मा, तीनपटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली, थापाथली चेस पार्कका सुमित पन्त, पुर्णराज खड्का, राजन सुवेदी, जर्नादन श्रेष्ठ, शुसील चौधरी, पुण्यमान कर्माचार्य, सुमन लामा तथा सुमन राई समान २ अंक छ ।

त्यस्तै क्यान्डिडेटमास्टरद्धय मदनकृष्ण कायस्थ तथा सजिन महर्जन, गणेशमान दुवाल, राजेन्द्र बज्राचार्य, सुसान आचार्य तथा नरेश स्थापीत समान १ दशमलब ५ अंकमा रहेका छन् । नमुना बौद्ध चेस क्लबको आयोजना तथा मार्वल टेक्नोप्लास्टको मुख्य प्रायोजन रहेको प्रतियोगितामा बिहीबार चौथो र पाँचौं चरणका खेल हुने प्रतियोगिता संयोजक दायाराम काफ्ले जानकारी दिए ।

March 22, 2025

निमालाई सुरुङ्गा सहकार्य साइकल दौडको उपाधि

हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 22, 2025

काठमाडौं पिंक केयराथन- सुनसरीले जितिन् हाफ म्याराथन

ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]

Success

Thank you for your time.