5 years ago
September 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) –स्वदेशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङबाट सोमबार आठ खेलाडी छनोट भएका छन् । लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा सोमबार सम्पन्न प्रतिस्पर्धाबाट पुरुषतर्फ ५ र महिलामा तीन खेलाडी छनोट भएका हुन् ।
महिला ४८ केजीको फाईनल खेलमा आर्मीकी लालिता महर्जनले पुलिसकी दिवाना शेर्मालाई अंकका आधारमा ५–० ले पराजित गरिन् । महिला ५१ केजीमा एपीएफकी माला राईले प्रदेश ३ की रोशनी राईलाई अंकका आधारमा ५–० ले हराउदै छनोट भईन् । महिलाकै ६० केजी एपीएफकी संगिता सुनुवार छनोट भएकी छन् । संगिताले आर्मीकी सविना श्रेष्ठलाई अंकका आधारमा ५–० ले पराजित गरिन् ।
यस्तै पुरुष तर्फ ५२ केजीमा आर्मीका तेज वहादुर देउवाले पुिलसका चन्द्र बहादुर थापालाई अंकका आधारमा ५–० ले पराजित गर्दै छनोट भए । पुरुष ६० केजी तौल समुहमा आर्मीका विमल रोकाले खेल परित्याग ९वाकओभर०गरेपछि प्रदेश ३ का सनिल शाही छनोट भएका छन् । पुरुष ६४ केजीमा पुलिसका भुपेन्द« थापाले आर्मीका सुरेश नेपालीलाई अंकका आधारमा ४–१ ले हराउदै छनोट भए ।
पुरुष ९१ केजीमा आर्मीका अर्जुन सिंगुले एपीएफका गोकुल गुरुङलाई अंकका अधारमा ४–१ ले हराउदै छनोट भए । पुरुषकै ९१ केजी भन्दा माथीको तौल समुहमा आर्मीका आशिष दवाडी छनोट भए । प्रदेश ३ का सनी जुवा तेश्रो राउण्डमा घाईते भएपछि दवाडी छनोट भएका हुन् । मंगलवार छनोटको अन्तिम खेल हुनेछ ।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]