default_image

6 years ago

September 16, 2019

प्रथम राष्ट्रिय टग अफ वारमा २० टोली

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल डोरी तान संघको आयोजनामा मंगलबार प्रथम राष्ट्रिय टग अफ वार प्रतियोगिता २०७६ हुने भएको छ । काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरि संघले प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतियोगितामा महिला र पुरुषमा समान १० टोलीको सहभागिता रहनेछ ।

तीन विभागिय टोली नेपाली सेना, नेपाल प्रहरी र एपिएफ तथा ७ प्रदेशका टोलीको सहभागिता रहने बताइएको छ । प्रतियोगिताका लागि भन्डै १५ लाख रुपैयाँ खर्च हुने संघको अनुमान छ । प्रतियोगिता कीर्तिपुरस्थित ल्यावोरोटरी स्कुलको मैदानमा हुनेछ ।

थाईल्यान्डमा जारी १४ औं एशिएन इन्डोर टग अफ वार प्रतियोगितामा नेपाली टोलीले पनि सहभागिता जनाई रहेको संघले जनाएको छ । नेपाल डोरी तान संघ २०६४ सालमा राखेपमा दर्ता भएपनि विभिन्न कारणले सक्रिय हुन नसकेको बताइएको छ ।

पुरानो खेल भएपनि लामो समय देखी ओझेलमा परेको डोरी तान खेललाई प्रबर्धन र विकास गर्न यस प्रतियोगिता गर्न लागेको संघका अध्यक्ष भवानी प्रासद पौडेलले जानकारी दिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.