5 years ago
September 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका पहिलो रोजाईका ओपन स्पाइकर मानबहादुर श्रेष्ठले प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको मंगलबार हुने नेपाल पुलिस क्लबविरुद्धको फाइनल खेल गुमाउने भएका छन् ।
सोमबार भएको फाइनल दौरान बाया खुट्टाको एंकलमा चोट बोकेर मैदान बाहिरिएका मानबहादुरले मंगलबार हुने फाइनल खेल गुमाउने पक्का भएको हो । सोमबारको फाइनल खेल वर्षाले स्थगित बनेपछि मंगलबार पुनः शुरुबाटै शुरु हुदैछ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको कोर्टमा दोस्रो सेटमा चलिरहँदा मानबहादुरले विपक्षी खेलाडीको खुट्टामा टेक्न पुगेपछि उनलाई चोट लागेको थियो ।
उनले मंगलबारको फाइनल खेल खेल्न नसक्ने हाम्रो खेलकुदलाई जानकारी गराए । मानबहादुरले भने ‘बाया खुट्टाको एंकलमा चोट छ । भिडियो एक्सरे गराएको छु । रिपोर्ट आउन बाँकी छ । भोलिको फाइनल खेल खेल्न सक्ने छैन ।’
वर्षाको कारण पुलिस र आर्मीबीचको फाइनल खेल स्थगित बनेको छ । पहिलो सेट आर्मीले २५–२३ ले जितेको थियो । दोस्रो सेट पुलिसले २५–२० ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा पुलिसले २१–१९ को अग्रता लिएको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]