5 years ago
September 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)- दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा वर्षाले स्थगित भएको छ ।
निर्धारित समयभन्दा केही ढिला गरी फाइनल सुरु हुदा खेल वर्षाले प्रभावित बनेको हो । अब फाइनल खेल सुरुबाटै मंगलबार हुने आयोजकले जानकारी गराएको छ । खेलको तेस्रो सेट चलिरहँदा वर्षा भएपछि खेल शुरु हुन सकेन । दुवै टोलीले १–१ सेट आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा पुलिसले २१–१९ को अग्रता लिएको थियो ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा सोमबार भएको फाइनलमा पहिलो सेट आर्मीले प्रतिस्पर्धात्मक रुपमा २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटको शुरुमै आर्मीका मुख्य स्पाइकर मानबहादुर श्रेष्ठ घाइते भएर मैदान छाडेपछि आर्मी दोस्रो सेटमा धर्मराउदै पुलिसलाई २०–२५ ले नतिजा सुम्पिदा खेल १–१ सेटको बराबरीमा पुगेको थियो ।
दोस्रो सेटमा एक समय आर्मी १०–१७ ले पछि परेपनि खेलमा पुनरागमन गर्दै दुई अंकको दुरीमा छोट्याएपनि जित निकाल्न सकेन । तेस्रो सेटमा आर्मी शुरुबाटै पछि परेपनि आर्मीले पुनरागमन प्रयास गररहेको थियो ।
त्यसअघि सोमबारै गण्डकी प्रदेशले अर्काे विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको थियो । शुरुवाती दुई सेट गुमाएर पनि गण्डकीले त्यसपछिको तीनै सेटमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो । जितसँगै गण्डकीले १ लाख रुपैया आफ्नो बनाएको छ ।
निकै नै प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा एपीएफ २६–२४ को जित निकालेको थियो । दोस्रो सेट पनि एपीएफले २५–२३ ले आफ्नो पक्षमा पार्दै जितनजिक पुगेको थियो । तर, त्यसपछि गण्डकीले कप्तान सन्जुविक्रम शाह, अमृत केसी र याम क्षेत्रीको उच्च प्रदर्शनमा लगातार तीन सेट आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
तेस्रो गण्डकीले २५–२१ र चौथो सेट २५–१९ ले जितेपछि खेल पाँचौ सेटमा पुगेको थियो । निकै नै रोमाञ्चक बनेको पाँचौ सेटमा शुरुमा गण्डकीले अग्रता लिएपनि एपीएफले कडा चुनौती दिदै खेललाई १०–१० को बराबरीमा ल्याएको थियो । त्यसपछि रेफ्रीको निर्णयमा केही विवाद भएपनि गण्डकीले १६–१४ को रोमाञ्चक जित निकाल्दै तेस्रो स्थानपक्का ग¥यो । चौथौ भएको एपीएफले ५० हजारमा चित्त बुझायो ।
प्रगतिशील युवा नेपाल को आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले ३ लाख रुपैया हात पार्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]