default_image

5 years ago

September 16, 2019

एपिएफलाई हराउँदै गण्डकी प्रदेश तेस्रो

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको छ । 

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा सोमबार तेस्रो स्थानको लागि भएको खेलमा गण्डकी प्रदेशले एपिएफलाई  ३-२ सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको हो ।  

तेस्रो भएको गण्डकीले १ लाख रूपैयाँ प्राप्त गर्ने छ । एपिएफले पहिलो २६-२४ र दोस्रो सेट २५-२३ ले जितेको थियो । तर सुरुवाती दुई सेट गुमाएको गण्डकीले उत्कृष्ट पुनरागमन गर्दै लगातार तेस्रो र चौथो सेटमा सनसनीपूर्ण जित हात पार्यो । तेस्रो २५-२१ र २५-१९ गण्डकीले जितेपछि खेल थप रोमान्चक बनेको थियो । टोलीले अन्तिम तथा पाँचौ सेट १६-१४ ले जित्दै तेस्रो पक्का गर्यो । 

एपिएफ आइतबार भएको दोस्रो सेमिफाइनमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । त्यस्तै गण्डकी शनिबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीसँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो । त्यस्तै उपाधिको लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् ।

गत २४ भदौबाट सुरु भएको प्रतियोगितामा ८ टोलीले सहभािगता थियो। प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौंले आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्ने छन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.