default_image

6 years ago

September 15, 2019

एनओसी अध्यक्ष श्रेष्ठलाई संसदिय समितिको बधाई

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – संघिय संसादको शिक्षा, स्वास्थ्य र युवा खेलकुद समितिले आफ्ना सदस्य जीवनराम श्रेष्ठलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्ष दोस्रो पटक निर्वाचित भएको बधाई दिएको छ ।

समितीकी सफलता जयपुरी घर्तीले समितिको कार्यालय सिंहदरबारमा संघिय सांसद श्रेष्ठलाई बधाई तथा कार्यकालको सफलताको कामना गरिन् । शनिबार भएको एनओसीको निर्वाचनमा उमेशलाल श्रेष्ठलाई हराउँदै श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित भएका थिए । स्की संघका अध्यक्ष समेत रहेका श्रेष्ठ त्यसअघि दुई कार्यकाल एनओसीको महासचिव रहेका थिए ।

यसपटक १९ कार्यसमितिका लागि शनिबार निर्वाचन भएको थियो । कोषाध्यक्षमा भारोत्तोलनका रतन तण्डन र उप महासचिवमा एथलेटिक्सका प्रतिनिधि पिताम्बर तिम्सिना बाहेक सबै पदमा निर्वाचन भएको थियो ।

५ उपाध्यक्षमा लन टेनिसकी ज्योति राणा, ह्यान्डबलका तेज गुरुङ, टेबुलटेनिसका चतुरानन्द राजवैद्य, फेन्सिङका सुनिल श्रेष्ठ र पौडीका अशोक बज्राचार्य विजयी भएका थिए । महासचिवमा ट्रायथोलनका निलेन्द्र राज श्रेष्ठ ३ सचिवमा कबड्डी तुल्सी थापा, जुडो दीपकहर्ष बज्राचार्य र ब्याडमिन्टनका रामजीबहादुर श्रेष्ठ निर्वाचित भए ।

त्यस्तै ७ सदस्यमा रमेशप्रसाद शिवाकोटी, बक्सिङका राम अवाले, तेक्वान्दोका प्रकाश शम्सेर राणा, साइक्लिङका गोपालसुन्दरलाल कक्षपति, गल्फका तासी घले, बास्केबलका होम दोङ र फुटबलका दीर्घबहादुर (कुमार) केसी विजयी भए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.