default_image

6 years ago

September 15, 2019

दक्षिण एसियाली नेटबल च्याम्पियनसिप कात्तिकमा

105 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – प्रथम दक्षिण एसियाली यू१६ नेटबल च्याम्पियनसिप कात्तिकमा काठमाडौंमा आयोजना हुने भएको छ । 

नेपाल नेटबल संघले हुने च्याम्पियनसिप कात्तिक १ देखि ५ गतेसम्म नेपाली सेनाको स्पोर्टस् सेन्टर तथा फिजिकल सेन्टर लगनखेलमा हुने छ । प्रतियोगितामा नेपालसहित,भारत,पाकिस्तान,श्रीलंका,बंगलादेश र माल्दिभ्स गरि ६ देशबीच लिगकम नकाउटको आधारमा प्रतिस्पर्धा हुने संघले जनाएको छ । 

प्रतियोगिता सञ्चालनको लागि झन्डै  ३१ लाख रूपैयाँ लाग्ने अनुमान संघको छ । जसमा १५ लाख रुपैयाँ सहयोग नागार्जुन नगरपालीकाको रहने बताइएको छ । त्यस्तै अन्य रकम विभिन्न ब्यापारी संघ संस्था र स्रोतबाट प्राप्त गर्ने संघका अध्यक्ष तथा नागार्जुन नगरपालिका मेयर मोहन बहादुर बस्नेतले जानकारी दिए । 

नेपालले उक्त प्रतियोगिताका लागि खेलाडी छनोट प्रक्रियासुरु गरि सकेको बताइएको छ । सुरुवाती ६८ खेलाडीबाट ३७ हुँदै २२ खेलाडी छनोट भएका छन् । असोज दोस्रो साता अन्तिम १२ खेलाडी छनोट गर्दै बन्द्र प्रशिक्षणमा राखिने संघले जनायो । काठमाडौंका कुल ३२ विद्यालयमा नेटबल खेलको अभ्यास हुने गरेको संघले जानकारी दियो  ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.