default_image

5 years ago

September 15, 2019

एपीएफलाई हराउँदै पुलिस फाइनलमा

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब प्रथम प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार गंगाबुस्थित नयाँ बसपार्कमा भएको रोमान्चक दोस्रो सेमिफाइनलमा पुलिसले एपिएफलाई ३-२ सेटले पराजित गर्दै फाइनलमा पुगेको हो । सुरुवाती दुई सेट २५-२१ र २५-२० ले जितेको पुलिसले तेस्रो सेट २०-२५ ले गुमाएको थियो ।

चौथो सेटमा एपिएफले २५-२१ को जित निकालेपछि खेल रोमान्चक मोडमा पुगेको थियो । पाँचौ सेट निकै रोमान्चक र प्रतिसप्रर्धात्मक रह्यो । पाँचौ सेटमा पुलिसले १६-१४ को संघर्षपूर्ण विजयी निकाल्दै फाइनलमा आर्मीसँगको भेट पक्का गर्यो । रेफ्रिको निर्णयको कारण निर्णायक पाँचौ सेटमा केहि समय विवाद समेत उत्पन्न भएको थियो ।

पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग सोमबार खेल्ने छ । आर्मी सनिवार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । सनिवार नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीचको दोस्रो सेमिफाइनल खराब प्रकाशका कारण स्थागित भएको थियो ।

प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौले आयोजना गरेको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको तेस्रो स्थानको खेल पनि सोमबारनै हुने छ ।

प्रतियोगिताको विजेता ५ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता थियो । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका स्वर्गिय सुपत्र प्रकाश दाहालको स्मृतिमा प्रतियोगिता आयोजना भएको हो ।

खेल हेर्नुहोस:

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.