6 years ago
September 14, 2019
काठमाडौं (हाम्रो खेलकुद)– प्रथम प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लबको प्रतिद्वन्द्विको टुंगो आइतबार मात्र लाग्ने भएको छ । आर्मी आजै भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
गंगाबुस्थित नयाँ बसपार्कमा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीचको दोस्रो सेमिफाइनल खराब प्रकाशका कारण स्थागित भएपछि फाइनल पुग्ने दोस्रो टोलीको टुंगो भोली मात्र लाग्ने भएको छ । भोली पुनः सुरुबाट खेल हुने बताइएको छ । चौथो सेटको खेल चलिरहँदा खराब प्रकाशका कारण रेफ्रीले खेल रोकेका थिए । पुलिस क्लबले २५–२१,२५–१५, २४–२६ को अग्रता बनाएको थियो । चौथो सेटमा पनि पुलिसले १६–१२ को अग्रता लिएको थियो ।
प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौले आयोजना गरेको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल, फाइनल र तेस्रो स्थानको खेल आइतबार हुनेछ । फाइनल अघि तेस्रो स्थानको खेल हुनेछ । प्रतियोगिताको विजेता ५ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगितामा आठ टोलीको सहभागिता थियो । राउन्ड रोविन लिग पछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुगेका थिए । भदौ २४ गते देखि २८ गते सम्मका लागि तय गरिएपनि प्रतिकुल मौसमका कारण प्रतियोगिता एक दिन लम्बिएर भदौ २९ गते सम्पन्न हुने क्रममा रहेको छ ।
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका स्वर्गिय सुपत्र प्रकाश दाहालको स्मृतिमा प्रतियोगिता आयोजना भएको हो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]