default_image

6 years ago

September 14, 2019

गण्डकीलाई पराजित गर्दै आर्मी फाइनलमा

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब प्रथम प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

गोगंबु नयाँ बसपार्कमा जारी प्रतियोगितामा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले गण्डकीलाई ३-१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धाताम्क खेलमा गण्डकीले एक समय आर्मीलाई दबाबमा राखेपनि आर्मीले जित हासिल गरेको हो । पहिलो दुई सेट २५-१९ र २५-२१ को अन्तरले जितेको आर्मीले तेस्रो सेट १९-२५ ले गुमार्यो । त्यसपछि चौथो सेट २५-१७ ले जित हात पार्दै आर्मी उपाधि भिडन्तमा पुगेको हो ।

त्यस्तै आज नै अर्को सेमिफाइनलमा पुलिसले समूह ए को उपविजेता एपीएफसँग प्रतिस्पर्धा गर्ने छ । आइतबार हुने फाइनलको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको आयोजना प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौंले गरेको हो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.