default_image

6 years ago

September 13, 2019

अपराजित आर्मी समूह विजेता

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– यसअघि नै सेमिफाइनल पुगिसकेको त्रिभुवन आर्मी क्लब प्रथम प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप भलिबल प्रतियोगिताअन्तर्गत समूह ‘ए’को विजेता बनेको छ । समूह चरणको अन्तिम खेलमा शुक्रबार आर्मीले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सेटमा हराएको थियो ।

अपराजित आर्मीले ढोरपाटनमाथि २५–१४,२५–१९ र २५–२२ ले हराएको थियो । उक्त समूहबाट अर्को विभागिय टोली नेपाल एपिएफ क्लब समूहको उपविजेता बनेको छ । ढोरपाटन र जावलाखेल भलिबल ट्रेनिङ सेन्टर प्रतियोगिताबाट बाहिरिएका छन् । लिग चरणको तेस्रो दिन नै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको थियो । आजका खेलहरु समूह विजेता र उपविजेता टुंगो लगाउनका लागि मात्र हुनेछन् ।

समूह ‘बी’मा नेपाल पुलिस क्लब र गण्डकी प्रदेश समूह विजेताका लागि केहि समयपछि प्रतिस्पर्धा गर्नेछन् । सोही समूहबाट बाहिरिसकेका आयोजक प्रगतिशिल युवा नेपाल र गल्कोट युवा क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । निर्धारित समयमा भन्दा १ दिन पछि सरेको प्रतियोगितामा शनिबार सेमिफाइनल र आइतबार फाइनल र तेस्रो स्थानको खेल हुने बताइएकोछ । सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.