default_image

6 years ago

September 12, 2019

सन्तोषी र गंगाराम राखेपका सर्वोत्कृष्ट कर्मचारी

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- सन्तोषी बैद्य र गंगाराम महर्जन राष्ट्रिय खेलकुद परिषद्(राखेप) का बर्ष सर्वोकृष्ट कर्मचारीबाट पुरस्कृत भएका छन् ।  राखेपको ५६ औं बार्षिकोत्सवको  समापनका अवसरमा बिहीबार प्रशासनिक कर्मचारीमा बैद्य र प्रशिक्षकमा महर्जनलाई बर्षको सर्वोकृष्ट परिषद् सेवा पदक पुरस्कारले सम्मान गरेको हो ।

बैद्य नुवाकोट जिखेबिसमा कार्यरत छिन् । महर्जन ललिपुर जिखेविसमा कार्यरत कराँतेका सहायक प्रशिक्षक हुन्। दुवैले समान २५ हजार रुपैयाँ र सम्मान पत्र प्राप्त गरे । त्यस्तै उत्कृष्ट सेवा पदक पुरस्कारबाट प्रशासनिकतर्फ गण्डकी प्रदेशका डम्बरबहादुर नेपाली र प्राबिधिकतर्फ चितवन जिखेबिसकी फुटबल प्रशिक्षक अरुणा गुरुङ सम्मानित भएका छन् । दुवैले समान१५ हजार रुपैयाँ र सम्मान पत्र प्राप्त गरेका छन् ।

त्यसैगरि परिषद सेवा पुरस्कारबाट राखेप खेलकुद बिकास बिभागकी नायब सुब्बा मिला कुमारी राई र प्राबिधिकतर्फ चितवनका तेक्वान्दो सहायक प्रशिक्षक पुष्पराज जोशी सम्मानित भएका छन् । उनिहरुले दुवैले समान१० हजार रुपैयाँ र सम्मान पत्र प्राप्त गरे ।

   राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राखेपमा २५ बर्ष सेवा गरेका २० जना कर्मचारीलाई दीर्ध सेवा पदकबाट सम्मान गरिएको थियो । राखेपमा २०५० साल माघ १ गते सेवामा प्रवेश गरेका एथ्लेटिक्सका ना.ब.प्रशिक्षक अमिरीप्रसाद यादव,टिका सेढाई र चन्द

वहादुर गुरुङ,टेबल टेनिसका ना.ब.प्रशिक्षक शिवनारयाण श्रेष्ठ,शंकर गौतम र बिनोद शाक्य, भारोत्तोलनका ना.ब.प्रशिक्षक प्रदिपकुमार श्रेष्ठ,संगमसिंह थापा र राम पौडेल, बक्सिङका ना.ब.प्रशिक्षक ओमकुमार मास्के र प्रचण्ड शर्मा,पौडीका ना.ब.प्रशिक्षक इश्वरकुमार कार्की र ओङदेन लामा,भलिबलका ना.ब.प्रशिक्षक सुदेशकुमार रिमाल र विरेन्द्र चौधरी,फुटबल ना.ब.प्रशिक्षक दिपकराज शाही,ह्याण्डबल ना.ब.प्रशिक्षक हिमालराज दाहाल र अरुणकुमार लालकर्ण,जिम्न्याष्टिक ना.ब.प्रशिक्षक सजनी मानन्धर र गुणेनारायण महर्जन सम्मानित भएका छन् ।

परिषद् २० बर्ष सेवा गरेका कर्मचारीले पाउने सेवा पदक अधिकृत इ.अरुण उपाध्याय प्राप्त गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चलाई नगद ५० हजारले सम्मान गरिएको थियो । सम्मान पत्र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई हस्तान्तरण गरिएको थियो।

युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनार,राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना,सदस्य–सचिव रमेशकुमार सिलवाल,मन्त्रालयका सचिव रामप्रसाद थपलियालगायतले पुरस्कृत गरेका थिए । कार्यक्रममा १३ औं सागको बन्द प्रशिक्षणमा रहेका खेलाडी राखेप पदाधिकारी संघका अध्यक्ष र राखेप कर्मचारीहरुको उपस्थिति थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.