5 years ago
September 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । गोगंबु बसपार्कमा जारी प्रतियोगितामा बिहीबार आर्मीले जाउलाखेल भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो ।
आर्मीले २५–२३,२५–११ र २५–२१ ले जावलाखेललाई पराजित गरेको थियो । समूह एबाट आर्मी सेमिफाइनलमा पुगेका छ । घरेलु भलिबल प्रतियोगिताको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको तेस्रो दिन गण्डकी प्रदेशले सफलता हात पारेको छ । गण्डकी प्रदेशले आयोजक प्रगगिशिल युवा नेपाललाई २५–१८,२५–१३व र २५–२३ ले पराजित गरेको छ ।
त्यस्तै अर्को खेलमा अर्को विभागिय टोली पुलिसले जित हासिल गरेको छ । जितसँगै टोली समूह बीबाट अन्तिम चारमा पुगेकोछ । पुलिसले गलकोट जापान टोकियो क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५–१८,२५–१९ र २५–१५ ले विजयी भएको थियो ।
प्रगतिशिल युवा नेपालको आयोजना जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । समूहमा एपिएफ, आर्मी, ढोरपाटन स्पोर्टस् टे«निङ र जावलाखेल भलिबल टे«निङ सेन्टर छन् । आयोजक प्रगतिशल युवा क्लबसँगै नेपाल पुलिस क्लब, गल्कोट युवा क्लब र गण्डकी प्रदेश रहेका छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
प्रतियोगिताको विजेताले उपाधिका साथ ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो हुने टोलीले ३ लाख, तेस्रो हुनेले १ लाख तथा चौथो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट स्पाइकर,ब्लकर, डिफेन्डर, सर्भर हुने र प्रशिक्षकले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]