6 years ago
September 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको तेस्रो संस्करण शुक्रबारदेखि सुरु हुने भएको छ । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा हुने च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा हुने च्याम्पियनसिपमा नेपालसहित १४ राष्ट्रका आठ सय ६५ खेलाडीको सहभगिता रहने प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए । टाइगर्स ब्रुअरी प्रालिको मुख्य प्रायोजनमा हुने च्याम्पियनसिपमा नेपालका सातै प्रदेशबाट ६ सय ५० र अन्य १३ राष्ट्रबाट दुई सय १५ खेलाडीले एक सय १४ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् ।
च्याम्पियनसिपमा दक्षिण एसियाका भारत, बंगलादेश, श्रीलंका, भुटान तथा दक्षिण एसिया बाहिरका दक्षिण कोरिया, मलेसिया, जापान, मकाउ, चीन, अस्ट्रेलिया, जर्मनी, अमेरिका र क्यानडाका खेलाडीले ग्योरोगी र पुम्सेमा प्रतिस्पर्धा गर्नेछन् ।
अन्य राष्ट्रका पनि राष्ट्रिय खेलाडी सहभागी हुने भएकाले १३औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका नेपालका राष्ट्रिय खेलाडीले पनि प्रतिस्पर्धा गर्ने संयोजक घिसिङले जानकारी दिए । उनका अनुसार विश्व तेक्वान्दो महासंघले निर्धारण गरेको क्याडेट, जुनियर र सिनियर विधामा प्रतिस्पर्धा हुनेछ ।
क्याडेटको पुरुष तथा महिलातर्फ आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै जुनियर (१५ देखि १७ वर्ष) तर्फ पुरुष र महिलामा सात तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
यस्तैसिनियरको महिला र पुरुषमा आठ तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । यसैगरी महिला पुरुषको व्यक्तिगत, जोडी र टिम स्पर्धाको १२ वर्षदेखि ४० वर्षसम्मका विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गर्ने छन् ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]