6 years ago
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद)– यसै महिनाको सुृरुवातमा नेपाल भलिबल संघले एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पिनसिपको भव्य र सफल आयोजना गरेको भन्दा हङकङमा बस्दै आएका धर्मराज थापाले संघले आर्थिक सहयोग गरेका छन् ।
संघले उत्कृष्ट व्यवस्थानका साथ प्रतियोगिता आयोजना गरेको भन्दै ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी गराए । संघलाई यसरी भलिबल आयोजन गर्नेका लागि हङकङमा बस्दै आए ओम गुरुङले पनि प्रतियोगिता अघि २ लाख रुपैयाँ सहयोग गरेका थिए । प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको भन्दै एभिसीले पनि संघलाई ५ हजार डलर सहयोग गरेको थियो ।
नेपालसहित ७ राष्ट्रको सहभागितामा भदौ २ देखि ७ गते सम्म सञ्चालन भएकोे सेन्ट्रल जोनको उपाधि किर्गिस्तानले जितेको थियो । उज्वेकिस्तानलाई हराउँदै किर्गिस्तान च्याम्पियन बनेको थियो । माल्दिभ्सलाई पराजित गर्दै तुर्कमेनिस्तान तेस्रो भएको थियो । नेपाल पाँचौं भएको उक्त प्रतियोगितामा अफगानिस्तान छैटौं र बंगलादेश सातौै भएको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]