default_image

6 years ago

September 5, 2019

एनओसी निर्वाचन स्थगित !

116 views

0 Bookmark

प्रकाश तिमल्सिना

काठमाडौं –नेपाल ओलम्पिक कमिटी (एनओसी) शुक्रबार (भोली) का तय निर्वाचन स्थागित भएको छ । सर्वोच्च अदालतले मंगलबार निर्वाचन नगर्न मंगलबार अन्तरिम आदेश गरेपछि एनओसीले भदौ २० गतेका लागि तोकिएको निर्वाचन स्थगित गर्नुपर्ने परिस्थिति बनेको हो ।

आसन्न एनओसी अध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठ र जीवनराम श्रेष्ठ (दायाँ)।

‘ हामीले सर्वोच्चको आदेश प्राप्त गरेका छौं , एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले हाम्रो खेलकुदसँग भने, ‘त्यसैका आधारमा हामीले भोलीको निर्वाचन स्थगित गरेका छौं ।’ यसपटकका लागि तय निर्वाचनमा दुई पदाधिकारी कोषाध्यक्षमा रतन तण्डन र उप महासचिवमा पिताम्बर तिम्सिना निर्विरोध भइसकेका छन् ।

सर्वोच्च अदालतले २०६७ मा मान्यता दिएको नेपाल ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको एनओसीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेका थिए ।

चित्रकारले सरोकारवाला १२ जना व्यक्ति तथा संस्थालाई विपक्षी बनाउँदै आइतबार मुद्दा दायर गरेका थिए । चित्रकारको रिटसँगै विवाद समाधान उन्मुख रहेको भन्ने एनओसी अध्यक्ष श्रेष्ठको दाबीमा शंका उत्पन्न भएको छ ।

न्यायाधिश मोक्तानले रिट निवेदनको गाम्भिर्यता हेर्दा दुवै पक्ष राखेर छलफल गरी उचित निश्कर्षमा पुग्नु जरुरी भएकाले भदौ २२ गतेको पेशी तोकिएको थिए । एनओसी अध्यक्ष श्रेष्ठले २२ गतेको छलफलमा उपस्थित हुने जानकारी दिएका छन् ।

‘अदलातको आदेश अनुसार हामी सोमबारको छलफलमा भाग लिनेछौं,’ उनले थपे, ‘त्यसमा हुने छलफलका आधारमा हामी नयाँ तालिका बनाउनेछौं ।’ अदालतले सबै विपक्षीका नाममा एनओसी निर्वाचन नगराउन अन्तरिम आदेश जारी गरेको थियो ।

चार वर्षअघि पनि अदालतमा रिट दायरका कारण एनओसीको निर्वाचन एक महिना सरेको थियो । चार वर्षे कार्यकालका लागि अध्यक्ष जीवन राम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

५ उपाध्यक्षका लागि ८, १ महासचिवका लागि २, ३ सचिवका लागि ४ तथा ७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । एनओसीको नयाँ विधान अनुसार १९ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुने वैधानिक व्यवस्था छ ।

निर्वाचन समितिले जारी गरेको सुचना

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले जारी गरेको विज्ञप्ती ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.