9 years ago
June 5, 2016
सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रथम वीर गणेशमान कप राष्ट्रिय खुला महिला÷पुरुष ह्याण्डबल प्रतियोगीतामा आइतबार दोहोरो उपाधि जितेको छ ।
कपन ह्यान्डबल मैदानमा भएको पुरुष फाइनलमा एपीएफले हिमालयन क्लबलाई २४–२३ को झीनो गोलअन्तरले पराजित ग¥यो । विजयी टिमका लागि विमल भाटले ८ गोल गरे भने हिमालयनका बासु गुरुङले ९ गोल गरे ।
बासु उत्कृष्ट खेलाडी चुनिए । बासुले प्रतियोगिताभर सर्वाधिक ३७ गोल पनि गरे । उपाधिसंगै एपीएफले २५ हजार तथा हिमालयनले १५ हजार नगद पुरस्कार हात पारे ।
सदाबहार खेलकुद समाजद्वारा आयोजित प्रतियोगिताको महिला फाइनलमा एपीएफले नेपाल आर्मी क्लबलाई २७–११ ले हरायो । एपीएफको जितमा उत्कृष्ट खेलाडी घोषित बन्दना राईले सर्वाधिक ८ गोल योगदान गरिन् । आर्मीकी रामकुमारी चौधरीले ४ गोल गरिन् ।
एपीएफ १५ हजार तथा आर्मी १० हजार नगदबाट पुरस्कृत भए । उत्कृष्ट खेलाडीद्वय बासु र बन्दनालाई समान २–२ नगद पुरस्कार प्रदान गरियो ।
विजेतालाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगिताको पुरुषमा ६ तथा महिलामा ३ टिम सहभागी थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]