default_image

6 years ago

September 2, 2019

दशरथ रंगशालाको घाँस काट्दै – कहिले मन्त्री, कहिले सदस्य सचिव

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुद विभिन्न कारणले चर्चामा रहने गर्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले प्राप्त गर्ने सफलता, असफलता । बेला बेलामा हुने राजनीतिक हस्तक्षेप यी यस्ता चर्चाका कारण बन्ने गर्दछन् । तर, खेलकुदको चर्चा त्यतिमा सिमित छैन । अन्य कारणले पनि खेलकुद चर्चामा आउने गर्छ । त्यस्तै एउटा हो दशरथ रंगशाला मैदान वा प्यारापिटमा उम्रेको घाँस ।

तीन वर्षअघि कै जस्तो एउटा घटना सोमबार दोहोरिएको छ । तीन वर्षअघि तत्कालिन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली दशरथ रंगशालामा उम्रेरको झार सफा गर्न दलबलसहित पुगेका थिए । यसपटक दशरथ रंगशालाको मैदानको घाँस काट्ने कामको थालनी सदस्य सचिव रमेश सिलवालले गरेका छन् ।

चार महिनापछि नेपाल आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को मुख्य आयोजनास्थल दशरथ रंगशाला हो । एन्फाले पनि सागअघि विश्वकप छनोटका केहि खेल रंगशालामा खेलाउने हरप्रयास गरिरहेको छ । मैदानको घाँस काट्ने कार्य पनि एन्फाकै कार्यक्रम रहेको जानकारी आएको छ ।

पुनर्निर्माण चलिरहेको र समयमै सम्पन्न हुने दाबी गरिरहेका सदस्य सचिव सिलावलले घाँस काट्ने सुरुवात गरेर खेलकुद क्षेत्रलाई सकारात्मक सन्देश दिन खोजेको हुनुपर्दछ । केहि दिन अघि मात्र उनी रंगशालाको भिआइपि प्यारापिटको छाना र कुर्सी समयमा निर्माण भइसक्छ सक्दैन भन्ने बुझ्नका लागि चीन पुगेका थिए ।

त्यहाँबाट फर्केपछि उनी समयमै काम सम्पन्न हुनेमा ढुक्क छन् । त्यहि उत्साहका कारण पनि हुन सक्छ सदस्य सचिव दलबलसहित रंगशाला मैदान पुगेर आफै मेसिनले घाँस काट्न अघि सरे । २०७२ साल वैशाखको विनाशकारी भूकम्प पछि सुरु गरिएको रंगशाला पुर्ननिर्माण अझै सकिएको छैन ।

सोमबार सदस्य सचिव सिलवालले मेसिनले घाँस काट्दै गरेको भिडियो अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले फेसबुकमा अपलोड गरेका छन् । सदस्य–सचिव सिलवालले फुटबल मैदान तयार गर्न पर्याप्त समय रहेको बताउदै ३ दिनमा घाँस काट्ने काम सक्ने र ३ दिनमा मैदानको खाल्डा खुल्डी मिलाएर घाँस रोप्ने कार्य प्रारम्भ गर्ने जानकारी गराए । उनले त्यसपछि मैदानमा घाँस रोप्ने काम सम्पन्न भएपछि ४५ दिनभित्र मैदान तयार गरिसक्ने बताए ।

२०७३ सालको भदौ अन्त्यमा तत्कालिन मन्त्री श्रीपाइली र तत्कालिन नेकपामा माओवादी केन्द्रको विधार्थी संगठन अखिल क्रान्तिकारीले दशरथ रंगशाला सरसफाइ गरेका थिए । त्यति बेला साधारण प्यारापिटमा पलाएका झार सफा गरिएको थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.