6 years ago
August 31, 2019
पोखरा (हाम्रो खेलकुद) – काठमाडौंको होङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमी र गण्डकी प्रदेश एक खेल अगावै पोखराको लामाचौरमा तीजको अवसरमा आयोजना भइरहेको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल प्राङ्गणमा शनिबार भएको खेलमा न्यु डायमन्ड र गण्डकीले आ–आफ्नो एक खेलमा सफलता हात पार्दै एक खेल अगावै अन्तिम चारमा पुग्न सफल भएको हो ।
शनिबारको पहिलो खेलमा गण्डकी प्रदेशले काठमाडौंको पारामाउन्ट इंग्लिस बोर्डिङ स्कुलमाथि ३–० को सोझो सेटमा पराजित गरेको हो । एकपक्षीय खेलमा गण्डकीले पारामाउन्टमाथि पहिलो सेटमा २५–१४ को सहज जित निकालेको हो । दोस्रो सेटमा २५–११ को सफलता पाएको गण्डकीले तेस्रो सेट २५–१५ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो ।
दोस्रो खेलमा तीज भलिबलकै सर्वाधिक सफल टोली होङ्ग्वान्जी न्यु डायमन्डले चितवन टाइगर्समाथि ३–० को सहज जित निकाल्यो । टप्स र ज्ञानुबावा स्कुलबाट व्यवसायिक भलिबल खेल शुरु गरेर चोटका कारण खेल गुमाएकी सिपोरा गुरुङले डायमन्डबाट खेल्दै खेलमा पुनरागमन गरिन् । डायमन्डले पहिलो सेटमा २५–१४ को सहज जित निकाल्यो । दोस्रो सेटमा २५–२० को जित निकालेको डायमन्डले तेस्रो सेटमा २५–१४ को जित निकाल्यो ।
भारी वर्षाले खेल प्रभावित बनेपछि शनिबारको लागि तय भएको बाँकी दुई खेल स्थगित बन्यो । तेस्रो खेलमा गण्डकी र श्रीगाँउ खेलकुद बिकास समिति दाङबीचको खेल वर्षाले प्रभावित बन्यो । पहिलो सेट गण्डकीले २५–२३ आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पनि गण्डकीले २२–१९ ले अग्रता लिइरहँदा वर्षाले खेल हुन नसकेपछि खेल स्थगित हुन पुगेको रेफ्री संयोजक शान्ति गुरुङले जानकारी गराइन् ।
शनिबारका लागि स्थगित भएका खेलहरु आइतबार बिहान हुने आयोजकले जनाएको छ । पहिलो खेलमा होङ्ग्वान्जी न्यु डायमन्ड र विभागीय नेपाल पुलिस क्लबबीच खेल हुनेछ । अर्काे खेलमा गण्डकी र श्रीगाँउ दाङबीच खेल हुनेछ । अर्काे खेलमा श्री गाँउ दाङ र पारामाउन्ट तथा पुलिस र चितवन टाइगर्सबीच खेल हुनेछ । आइतबारको खेल पछि नै समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]