default_image

9 years ago

June 4, 2016

क्रिकेट खेलाडी संघमा नयाँ नेतृत्व, पवन अध्यक्ष र पारस महासचिव

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)

राष्ट्रिय क्रिकेट टोलीका कप्तानहरुले क्रिकेट खेलाडी संघ नेपालको नेतृत्व लिएका छन् । राष्ट्रिय टोलीका पूर्वकप्तान पवन अग्रवालको अध्यक्ष निर्विरोध निर्वाचित भएको संघमा पूर्व कप्तान विनोद दास र महिला राष्ट्रिय खेलाडी सीता रानामगर उपाध्यक्षको जिम्मेवारी पाएका छन् । वर्तमान कप्तान पारस खड्का महासचिव चयन भएका छन् ।

Player Association

कीर्तिपुरमा शनिबार झन्डै ७० खेलाडी सहभागिता रहेको भेलाले सचिवमा अनिल मण्डल, कोषाध्यक्षमा पृथु बाँस्कोटा चुनिए । सदस्यमा राजु बस्नेत, शक्ति गौचन, ज्ञानेन्द्र मल्ल, नीरा राजोपाध्याय र विनोद भण्डारी रहेका छन् ।

महासचिव पारसले मुख्यतः खेलाडीको हक हितका लागि संघ क्रियासिल हुने बताएका छन् । ‘गत बर्षनै हामीले संघ गठन गरेका थियौं । तर त्यति क्रियासिल बन्न सकेका थियौं,’ पारसले भने,‘ अब हामी संगठित रुपमा खेलाडीको समस्या समाधानका लागि नेतृत्व दिनेछौं । हरौ आउने दिनमा कति सफल हुन्छौं ।’ खेलाडीले एकल रुपमा समस्या राख्दा सुनुवाइ नहुने समस्या रहेको उल्लेख गर्दैै पारसले भने,‘ सबैले सामूहिक हित सोचेर काम गर्ने हो भने सफलता पाउन सकिन्छ । सामूहिक भावनाबाट चल्ने हो भने संघले गति लिन्छ भन्ने हाम्रो विश्वास हो । खेलाडीको समस्या सुन्न र बुझ्नका लागि पनि संघको आवश्यकता मनन गरेर नै हामीले यसलाई क्रियासिल बनाएका हौं ।’ पारसले संघले आउने दिनमा केही योजना सार्वजनिक गर्ने पनि सुनाए । उनले भने,‘ आज एउटा प्रक्रिया टुंगिएको छ । अब हामी खेलाडीका लागि केही योजना लिएर आउनेछौं । सम्बन्धित क्षेत्रबाट हामीलाई साथ सहयोग मिल्ने अपेक्षा पनि राखेका छौं ।

नव निर्वाचित पदाधिकारीलाइ पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मनिषराज पाण्डेले फुल माला लगाइ शुभकामना दिनु भएको थियो । क्रिकेट खेलाडी संघ २०७२ साल भदौ २८ गते स्थापना भएको हो ।

December 22, 2024

माल्दिभ्समा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्लब मालेको आयोजनामा माल्दिभ्समा अर्काे साता पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याङ्जा क्लबले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर २७ डिसेम्वरमा एक दिने पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता माल्दिभ्सको मालेस्थित माफानु भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि ८ सय […]

December 22, 2024

सिड्नीमा महिला तथा पुरुष भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता एकदिने पुरुष तथा महिला भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आठौं सस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २९ डिसेम्वर २०२४ अर्थात अर्काे साता हुने जानकारी गराएको छ । च्याम्पियनसिप सिड्नीको लिडकमस्थित अबर्न बास्केटबल सेन्टरमा हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १३ र महिलातर्फ ६ […]

December 21, 2024

श्रीकृष्णलाई उग्रचण्डी कप बुद्धिचाल उपाधि

काभ्रेपलाञ्चोक (हाम्रो खेलकुद)-  उग्रचण्डी मावि  र काभ्रे जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिवार भएको उग्रचण्डी कप रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि श्रीकृष्ण मानन्धरले‌ जितेका छन्। काभ्रेपलाञ्चोक जिल्लाका १८०० रेटिङ्ग मुनिको प्रथम जिल्ला स्तरीय प्रतियोगिताको ६ चरणको‌ खेलमा सबै लाई हराउँदै श्रीकृष्ण मानन्धरले उपाधि जितेका हुन् । बनेपाको नाला स्थित उग्रचण्डीमा भएको प्रतियोगितामा ६ खेलाडीले समान ५ अंक […]

Success

Thank you for your time.