default_image

6 years ago

August 28, 2019

सर्वाधिक धनराशीको भलिबलमा कम्तिमा १० टोली पक्का

75 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु भलिबलमा सर्वाधिक धनराशी पुरस्कार रहेको तथा स्वर्गीय प्रकाश दाहालको स्मृतिमा आयोजना हुने ‘प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगितामा १० भन्दा बढी टोलीको सहभागिता रहने भएको छ ।

आयोजक प्रगतिशिल युवा नेपालले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै २४ देखि २८ भदौसम्म हुने सर्वाधिक धनराशिको भलिबल प्रतियोगितामा १० भन्दा बढी टोलीको सहभागिता हुने जानकारी गराएको हो ।

‘ हामीसँग अब तयारी अवधि छोटो छ । अहिलेसम्म १३ टोलीले सहभागिताको लागि मौखिक निर्णय दिएका छन् । समय अझै बाँकी रहेकाले टोली अझै बढ्न सक्नेछ,’ प्रतियोगिताका संयोजक तथा एसिया इन्टरनेशनल रेफ्री क्यान्डिडेट विकास गुरुङले भने, ‘रोक्नै नसकिने अवस्थामा हामी १२ टोलीसम्म खेलाउनेछौं । बढी टोली भए समयाअवधि पनि बढाइनेछ । यसबारै अर्काे पत्रकार सम्मेलनमा जानकारी हुनेछ ।’

प्रतियोगितामा तीन विभागीय टोलीको सहभागिता पक्का रहेको र १३औं सागको प्रशिक्षणमा रहेका राष्ट्रिय खेलाडीलाई फुकुवा गरिदिन नेपाल भलिबल संघलाई जानकारी गराइसकेको संयोजक गुरुङले बताए । सामाजिक कार्यसँगै खेलकुदमा कार्य गर्ने गरी भर्खरै स्थापित भएको प्रगतिशल युवा नेपाल अध्यक्ष दीपक थापाले खेलाडीमा नयाँ उर्जा थप्न राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको बताए । अध्यक्ष थापाले खेलकुद विकास र समृद्धिको पूर्वाधार रहेपनि उल्लेख्य फड्को मार्न नसकिरहेको अवस्थामा प्रगतिशील युवा नेपाल खेलकुदमा नयाँ उर्जाका साथ जोडिएको बताए ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । जुन पुरुष भलिबलमा सर्वाधिक धनराशी हो । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् । स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्ने महासचिव सुनिल थापा मगरले जानकारी गराए ।

प्रतियोगितामा तीन विभागीयसहित १० टोलीको सहभागिता पक्का रहेको प्रतियोगिता संयोजक विकास गुरुङले जानकारी गराए । एक टोलीले ३ विदेशी खेलाडी क्लबमा राख्न पाउने र तीनै जनाले एकैपटक कोर्टमा उत्रन पाउनेछन् । प्रतियोगिताको अनुमानित खर्च करिब ३८ लाख ५० हजार रुपैयाँ रहने आयोजकको अनुमान छ ।प्रतियोगिताको उद्घाटन पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गर्ने तय भएको प्रतियोगिता संयोजक गुरुङले बताए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.