default_image

6 years ago

August 27, 2019

एनओसी अध्यक्षमा जीवनराम र उमेशलालको उम्मेदवारी

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्ष पदमा फेरि पनि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । चार वर्षअघि पनि यी दुईबीच प्रतिस्पर्धा हुँदा जीवनरामले बाजी मारेका थिए ।

नयाँ कार्यसमितिका लागि भदौ २० गते निर्वाचन मिति तय गरिएको छ । त्यसका लागि उम्मेदवारी दर्ता भने मंगलबार राखिएको थियो । अर्को कार्यकारी पद महासचिवमा धेरैको उम्मेदवारी पर्ने चर्चाकाबीच अहिलेका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे र सदस्य निलेन्द्रराज श्रेष्ठको मात्र उम्मेदवारी परेको छ । लाखे उमेशलाल र निलेन्द्रले जीवनरामको पक्षबाट उम्मेदवारी दिएको चर्चा छ ।

२० गते हुने निर्वाचनले १९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष, १ उपमहासचिव, ३ सचिव र ७ सदस्य छन् । एनओसीका २७ एसोसिएट सदस्यका प्रतिनिधिले निर्वाचनमा मतदान गर्नेछन् ।

उम्मेदवारी दिदै अध्यक्षका उम्मेदवार जीवनरामले नेपालमा ओलम्पिक अभियान १९६३ मै शुरु भएपनि धेरै खालका उतारचढाव अनुभुति गरिएको र अहिले राज्यको पुर्नसंरचनासँगै र देश स्थिर अवस्थामा रहेकाले त्यही उतारचढावलाई अनुभुति गर्दै खेलकुदलाई सर्वसम्मतको स्थितिमा अघि बढाउने प्रयासका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

‘देश अहिले स्थिर अवस्थामा छ । खेलकुदको कानुन नयाँ आइरहेको छ । नेपालमा खेलकुदलाई स्थापित गर्ने काममा निरन्तर लागिपेका छौं । सबै परिस्थितिमा नयाँ अध्यायको शुरु भएको छ । अझ सशक्त ढंगबाट जानुपर्ने अवस्था छ,’ हालका अध्यक्ष जीवनरामले भने, ‘ओलम्पिकको महत्व, मुल्य र मान्यतालाई प्रभावकारी ढंगबाट अघि लैजानु पर्नेछ । सबै अस्थिरता अन्त्य गर्दै र खेलकुदलाई एकताबद्ध बनाएर खेलको माध्यमबाट राष्ट्रको गौरवको लागि व्यवस्थित ढंगबाट अघि बढ्न नै मेरो उम्मेदवारी हो ।’

यस्तै अध्यक्षका उम्मेदवार जीवनरामले यसअघि नेपालमा दुई ओलम्पिक कमिटि स्थापित रहेपनि अहिले एकै ओलम्पिक भएर अघि बढ्ने प्रतिबद्धता भइसकेको बताए । उनले संसारभरि एक देशमा एक ओलम्पिक कमिटि मात्रै रहने भएकाले निर्वाचनपछि कुन ओलम्पिक कमिटि भन्ने नरहने थपे । यस्तै श्रेष्ठले निर्वाचन व्यवस्थित र पारदर्शी हुने र एकले मात्रै खेलको बिकास गर्न नसकिने र सर्वसम्मतको लागि प्रयास हुने पनि बताए ।

अध्यक्षका अर्का प्रत्यासी उमेश लालले नेपालमा थुप्रै परिवर्तन भएपनि खेलकुदमा ट्रान्सपरेन्सी र डेमोक्रेसीको कमी रहेको सन्दर्भलाई यसलाई पारदर्शी बनाउन आफ्नो उम्मेदवारी रहेको बताए ।

‘देश ठुलो राजनैतिक परिवर्तनमा पुगसकेको छ । तर, खेलको अझै प्रगति हुन सकेको छैन । खेल र खेलाडी सधै अघि आउनुपर्दछ । ओलम्पिक कमिटिमा आउनु भनेको विदेश शयर गर्नु मात्रै होइन ।’ अध्यक्षका उम्मेदवार उमेश लालले भने, ‘ओलम्पिक कमिटि अहिले दुई व्यक्तिको खल्तीबाट मात्रै चल्दै आएको छ । अब यो निर्वाचनपछि त्यो हुनेछैन । अहिले ओलम्पिक कमिटि १९ सदस्यीय बनाइएको छ । सबैलाई उत्तिकै काम गर्ने वातावरण हुनुपर्दछ ।’

यस्तै उमेशलालले आफु कर्पाेरेट क्षेत्रसँग सम्वन्धित रहेकाले खेलकुद विकासको लागि खेलकुद र कर्पाेरेट हाउसहरुबीच सहकार्य हुनुपर्नेमा समेत जोड दिए । उनले आफुले जितेपनि नजितेपनि कमजोर अवस्थाका खेल संघलाई सहयोग गर्ने समेत बताए । यस्तै अध्यक्षका उम्मेदवार उमेशलालले अघिल्लो निर्वाचनमा कमजो रतयारीले पराजित हुनुपरेको र यसपटक राम्रो तयारी रहेकाले जित्नेमा ढुक्क रहेको बताए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.