default_image

6 years ago

August 25, 2019

एब्सुलेट कर्पाेरेट फुटसल फाइनल शनिबार

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- चौथो संस्करणको एब्सुलेट कर्पाेरेट फुटसल प्रतियोगिताो फाइनल शनिबार हुने भएको छ । आयोजक एब्सुलेट इभेन्ट प्रालिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको क्वाटरफाइनल, सेमिफाइनल र फाइनल आउदो शनिबार हुने उल्लेख गरेको छ ।

गत शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा विभिन्न १६ कर्पाेरेट हाउसहरुले सहभागिता जनाएका थिए । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा खेलाइएको थियो । हरेक समूहबाट शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाएका थिए ।

बुद्ध एयर, हुवेइ, जनता बैंक र चौधरी ग्रुपले समूह विजेता बन्दै क्वाटरफाइनलमा स्थान बनाएका थिए । गोर्खा ब्रेअरी, होटेल अन्नपुर्ण, एनसेल (सेतो) र हिमालय एयरलाइन्सले समूह उपविजेताको रुपम क्वाटरफाइनलमा स्थान बनाउन सफल भएका थिए ।

क्वाटरफाइनलमा बुद्ध एयर र गोर्खा ब्रेअरी, हुवेई र होटेल अन्नपुर्ण, जनता बैंक र एनसेल तथा चौधरी ग्रुप र हिमालयएयरलाइन्सबीच खेल हुनेछ । सोही दिन नै सेमिफाइनल र फाइनल खेल हुने आयोजकले जनाएको छ । सबै खेल फिल्ड फुटसल सानेपामा हुनेछ ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 23, 2025

खेलकुद पत्रकार मन्चका अध्यक्ष सुवेदीलाई पितृशोक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]

Success

Thank you for your time.