6 years ago
August 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– कीर्गिस्तानले पाँचौं एभिसी सेन्ट्रल सिनियर पुरुष सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा उज्वेकिस्तानलाई ३–० ले हराउँदै कीर्गिस्तान च्याम्पियन बनेको हो । कीर्गिस्तानले उज्वेकिस्तानलाई २६–२४,२७–२५ र २५-१९ले हराएको थियो ।
कीर्गिस्तानले दोस्रो पटक यो उपाधि जितेको हो । यसअघि तेस्रो संस्करणको पनि उपाधि कीर्गिस्तानले जितेको थियो । उज्वेकिस्तानले भने अहिले सम्म उपाधि जित्न सकेको छैन । नेपालसहित दक्षिण एसियाका तीन टोली सहभागि भएपनि कुनै पनि टोलीले पदक जित्न सकेनन् ।
भदौ २ गते देखि सञ्चालन भएको प्रतियोगितामा आयोजक नेपालसहित सात राष्ट्रको सहभागिता थियो । तुर्केमिनिस्तानले तेस्रो स्थान प्राप्त गरेको खेलमा माल्दिभ्स चौथो, नेपाल पाँचौं, अफगानिस्तान छैटौ र बंगलादेश पुछारमा रहेको छ ।
सेन्ट्रल जोनको छैटौं संस्करण अर्को वर्ष बंगलादेशमा हुने एभिसीको शुक्रबार काठमाडौंमा बसेको साधारण सभाले निर्णय गरेको थियो ।
एभिसी सेन्ट्रल सिनियर पुरुष सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप
विजेता – कीर्गिस्तान
उपविजेता– उज्वेकिस्तान
तेस्रो – तुर्कमेनिस्तान
चौथो – माल्दिभ्स
पाँचौं – नेपाल
छैटौं –अफगानिस्तान
सातौं –बंगलादेश
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]