default_image

6 years ago

August 24, 2019

सेन्ट्रल जोन : फाइनलमा किर्गिस्तान र उज्वेकिस्तान भिड्दै

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभिसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधिका लागि आज सेन्ट्रल एसियाका दुई राष्ट्र किर्गिस्तान र उज्वेकिस्तनबीच खेल हुँदैछ ।

खेल दिउँसो २ बजेपछि ललितपुरको लगनखेलमा रहेको नेपाली सेनाको कभर्डहलमा हुनेछ । नेपाली भलिबलको इतिहासमा पहिलोपटक आयोजना भएको सेन्ट्रल जोन च्याम्पियनसिपको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । च्याम्पियनसिपमा दुवै टोली अपराजित छन् । दुवै टोलीले विपक्षीविरुद्ध कुनैपनि सेट गुमाएका छैनन् ।

किर्गिस्तान उज्वेकिस्तानलाई पराजित गर्दै सेन्ट्रल जोनमा दोस्रोपटक च्याम्पियन बन्ने लक्ष्यमा रहँदा उज्वेकिस्तान पहिलोपटक च्याम्पियन बन्ने दाउमा हुनेछ । किर्गिस्तान माल्दिभ्समा भएको तेस्रो संस्करणमा च्याम्पियन बनेको थियो ।

पाँचौ संस्करणसम्म आइपुग्दा उल्लेख्य उपलब्धि हासिल गर्न असफल उज्वेकिस्तान यसपटक नेपालबाट उपाधि लिएर जाने लक्ष्यमा हुनेछ । तुर्केमिनिस्तान पहिलो र चौथो संस्करणको विजेता हो । दोस्रो संस्करणमा बंगलादेश र तेस्रो संस्करणमा किर्गिस्तान च्याम्पियन बनेका थिए ।

गतवर्षको च्याम्पियन तुर्केमेनिस्तानले शुक्रबार माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको थियो । आयोजक नेपालले अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै पाँचौ स्थान हात पार्यो ।

किर्गिस्तानको फाइनलसम्मको यात्रा
समूह चरण

किर्गिस्तान विरुद्ध नेपाल –० (२५–२३, २५–२२ र २५–२२)
किर्गिस्तान विरुद्ध माल्दिभ्स –० (२५–१५, २६–२४ र २५–१९
सेमिफाइनल
किर्गिस्तान विरुद्ध तुर्केमिनिस्तान –० (२५–१४, २५–१५ र २५–२१)

उज्वेकिस्तानको फाइनलसम्मको यात्रा
समूह चरण

उज्वेकिस्तान विरुद्ध बंगलादेश –० (२५–१६, २५–१६ र २५–२३)
उज्वेकिस्तान विरुद्ध तुर्केमिनिस्तान –० (२५–१८, २५–२१ र २५–१५)
उज्वेकिस्तान विरुद्ध अफगानिस्तान –० (२५–२३, २९–२७ र २९–२७)
सेमिफाइनल
उज्वेकिस्तान विरुद्ध माल्दिभ्स –० (२५–२०, २५–१९ र २५–२१)

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.