default_image

6 years ago

August 23, 2019

सेन्ट्रल जोनमा दक्षिण एसिया पदकविहिन

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पाँचौं एभिसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा दक्षिण एसियाली राष्ट्र पदकविहिन भएका छन् । ७ राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपमा दक्षिण एसियाका सहभागी ३ राष्ट्रमध्ये माल्दिभ्स चौथो र नेपाल पाँचौं र बंगालदेश सातौं भएको छ ।

तुर्केमिनिस्तानसँग शुक्रबार तेस्रो स्थानका लागि भएको खेल माल्दिभ्सले ३–० को सोझो सेटमा गुमाएपछि दक्षिण एसियाली राष्ट्र पदकविहिन बनेका हुन् । तुर्केमिनिस्तानले बंगादेशलाई २५–१९,२५–२० र २५–१९ ले हराएको थियो । नेपाल र बंगलादेशको भने यसअघि नै पदकको सम्भावना समाप्त भएको थियो । समूह चरणका सबै तीन खेल गुमाएको बंगलादेश च्याम्पियनसिपको पुछारमा रहेको थियो ।

शुक्रबार अफगानिस्तानलाई हराउँदै नेपाल पाँचौं भएको थियो । लगानखेल स्थित नेपाली सेनाको कभर्ड हलमा भएको खेलमा अफगानिस्तानलाई २५–२३,२३–२५,२५–१८,२६–२४ ले हराउँदै नेपालले पाँचौं स्थान पक्का गरेको हो । समूह चरणमा बंगलादेशलाई मात्र हराउन सफल भएको अफगानिस्तान च्याम्पियनसपको छैटौं बनेको छ ।

च्याम्प्यिनसिपअघि यी दुई टोलीबीच भएको दुई वटा मैत्रीमा नेपाले समान ३–२ को जित हासिल गरेको थियो । समूह चरणमा भने नेपालले दुवै खेल गुमाएको थियो । पहिलो खेलमा कीर्गिस्तानसँग पराजित भएको नेपालले माल्दिभ्ससँगको खेल पनि समान ३–० ले गुमाएको थियो ।

माल्दिभ्स सेमिफाइनलमा उज्वेकिस्तानसँग पराजित भएको थियो । कीर्तिस्तानले भने सेमिफाइनलमा तुर्केमिनिस्तानलाई हराएको थियो । कीर्तिस्तान र उज्वेकिस्तानबीच शनिबार च्याम्पियनसिपको फाइनल हुनेछ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.