6 years ago
August 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पाँचौ स्थानमा रहँदै एभिसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको अन्त्य गरको छ । तीन वर्षअघि पहिलो अन्तर्राष्ट्रिय पदकका रुपमा सेन्ट्रल जोनमै कास्य पदक जितेको नेपालले यसपटक घरेलु कोर्टमा च्याम्पियनसिप आयोजना हुँदा त्यसको फाइदा भने उठाउन सकेन ।
लगनखेल स्थित नेपाली सेनाको कभर्ड हलमा भएको खेलमा अफगानिस्तानलाई २५–२३, २३–२५, २५–१८, २६–२४ ले हराउँदै नेपालले पाँचौं स्थान पक्का गरेको हो । च्याम्प्यिनसिपअघि यी दुई टोलीबीच भएको दुई वटा मैत्रीमा नेपाले समान ३–२ को जित हासिल गरेको थियो ।
समूह चरणमा भने नेपालले दुवै खेल गुमाएको थियो । पहिलो खेलमा कीर्गिस्तानसँग पराजित भएको नेपालले माल्दिभ्ससँगको खेल पनि समान ३–० ले गुमाएको थियो । कीर्तिस्तान शनिबार उज्वेकिस्तानसँग फाइनल खेल्दैछ भने माल्दिभ्सले तुर्केमिनिस्तानसँग आज तेस्रो स्थानको लागि खेल्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]