6 years ago
August 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मध्य एसियाको तल्लो वरीयताका राष्ट्रका टोलीबीच हुने एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको छैटौ संस्करण बंगलादेशमा आयोजना हुने भएको छ ।
काठमाडौंमा शुक्रबार बसेको एसियन सेन्ट्रल जोनको साधरण सभाले छैटौ संस्करणको च्याम्पियनसिप सन् २०२० मा बंगलादेशमा गराउने निर्णय गरेको हो । सोही साधारण सभाले महिलातर्फको सेन्टल जोन यो वर्षको बंगलादेशमा र सन् २०२० को माल्दिभ्समा आयोजना गर्ने निर्णय भएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।
साधारण सभामा एभीसी सेन्ट्रल जोनका इरानी अध्यक्ष डक्टर मोहम्मेद रेजा डाभरजानीलगायत सेन्ट्रल जोनका सदस्य राष्ट्रको प्रतिनिधिहरु रहेको थियो । साधरण सभाको उद्घाटन सत्रमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्मा, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष सांसद जीवनराम श्रेष्ठ, माल्दिभ्सका खेलकुद मन्त्री र बंगलादेशका खेलकुद मन्त्रीको उपस्थिति रहेको थियो ।
माल्दिभ्समा २०१७ मा भएको एसियन सेन्ट्रल जोनको बैठकले २०१९ मा नेपाललाई आयोजना अधिकार दिएको थियो ।
पाँचौ संस्करण जारी रहँदा बंगलादेशले पहिलो, दोस्रो र चौथो संस्करण, माल्दिभ्सले तेस्रो र नेपालले पाँचौ संस्करण आयोजना गरेको छ । ल जोनका सदस्य राष्ट्रको प्रतिनिधिहरु रहेको थियो ।
साधरण सभाको उद्घाटन सत्रमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्मा, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष सांसद जीवनराम श्रेष्ठ, माल्दिभ्सका खेलकुद मन्त्री र बंगलादेशका खेलकुद मन्त्रीको उपस्थिति रहेको थियो ।
माल्दिभ्समा २०१७ मा भएको एसियन सेन्ट्रल जोनको बैठकले २०१९ मा नेपाललाई आयोजना अधिकार दिएको थियो ।
पाँचौ संस्करण जारी रहँदा बंगलादेशले पहिलो, दोस्रो र चौथो संस्करण आयोजना गरेको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]