6 years ago
August 22, 2019
ललितपुर (हाम्रो खेलकुद) – कीर्गिस्तानले पाँचौ संस्करणको एभिसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा उज्वेकिस्तानलाई फाइनलको प्रतिद्धन्द्घि पाएको छ ।
माल्दिभ्सलाई बिहीबार ३–० को सोझो सेटमा हराउँदै उज्वेकिस्तानले कीर्गिस्तानसँगको उपाधि भेट पक्का गरेको हो । कीर्गिस्तान र उज्वेकिस्तान च्याम्पियनसिपका दुई अपराजित टोली हुन् । लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा माल्दिभ्सलाई २५–२०,२५–१९ र २५ -२१ ले हराउँदै उज्वेकिस्तानले अन्तिम दुईको यात्रा तय गरेको थियो । अब माल्दिभ्सले भने तेस्रो स्थानका लागि तुर्केमिनिस्तानको सामना गर्नेछ ।
यसअघि साविक विजेता तुर्केमिनिस्तानलाई हराउँदै कीर्गिस्तान पाँचौ संस्करणको च्याम्पियनसिपको फाइनल पुगेको थियो । तर्केमिनिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै कीर्गिस्तान उपाधि नजिक पुगेको हो ।
पहिलो र चौथो संस्करणको विजेता तुर्केमिनिस्तानले भने अब तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । तेस्रो संस्करणको च्याम्पियन कीर्गिस्तानले तुर्केमिनिस्तानलाई २५–१४,२५–१५ र २५–२१ ले पराजित गरेको थियो ।
च्याम्पियनसिपमा शुक्रबार नेपाल र अफगानिस्तानबीच पाँचौं स्थानका लागि तथा माल्दिभ्स र तुर्केमिनिस्तानबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सेन्ट्रल जोन भलिबलमा शुक्रबार
नेपालविरुद्ध अफगानिस्तान (दिउँसो ३ः०० बजे)
उज्वेकिस्तानविरुद्ध माल्दिभ्स (साँझ ५ः०० बजे)
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]