6 years ago
August 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा आज सेमिफाइनलका दुई खेल हुँदैछ ।
लगनखेलमा रहेको नेपाली सेनाको कभर्डहलमा पहिलो सेमिफाइनलमा उपाधिका दुई दावेदार किर्गिस्तान र तुर्केमिनिस्तान आमने समाने हुदैछ । खेल दिउसो २ः३० बजेपछि शुरु हुनेछ । किर्गिस्तान समुह ‘ए’ को उपविजेता तथा तुर्केमिनिस्तान समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम चारमा पुग्न सफल भएको हो । अघिल्ला संस्करणका च्याम्पियन टोलीबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ ।
किर्गिस्तान तेस्रो संस्करणको च्याम्पियन हो भने तुर्केमिनिस्तान पहिलो र अघिल्लो संस्करणको च्याम्पियन हो । तेस्रो संस्करणमा किर्गिस्तानले तुर्केमिनिस्तानलाई नै पराजिच गर्दै च्याम्पियन बनेको थियो ।
जारी च्याम्पियनसिपमा किर्गिस्तान कुनै पनि सेट नगुमाइ अपराजित छ । किर्गिसतानले नेपाल र माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यता, दुईपटकको च्याम्पियन तुर्केमिनिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गरेपनि दोस्रो खेलमा उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । तेस्रो खेलमा बंगलादेशमाथि ३–१ को सेटमा जित निकालेको थियो ।
दिनको दोस्रो सेमिफाइनलमा उज्वेकिस्तानले माल्दिभ्ससँग खेल्दैछ । खेल ४ः३० बजेपछि हुनेछ । उज्वेकिस्तान अपराजित रहेर समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा पुग्न सफल भएको हो भने, माल्दिभ्स समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम चारको यात्रा तय गर्न सफल भएको थियो । माल्दिभ्स पहिलो संस्करणमा उपविजेता बनेको थियो । उज्वेकिस्तानले सेन्ट्रल जोनमा उल्लेख्य सफलता हात पार्न सकेको छैन ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]