6 years ago
August 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)– घरेलु कोर्ट एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा आयोजना हुँदा त्रिभुवन आर्मी क्लबका खेलाडी मानबहादुर श्रेष्ठ नेपाली टोलीमा थिएनन् । उनी च्याम्पियनसिपमा दर्शकमा सिमित थिए ।
तर, सबैभन्दा चर्चा र खोजी उनकै भयो भन्दा फरक पर्दैन । चाहे त्यो च्याम्पियनसिपको प्रत्यक्ष प्रसारणमा आउने कमेन्ट होस् वा च्याम्पियनसिपमा नेपालको खेल चलिरहँदा मानकै बढी चर्चा भयो । च्याम्पियनसिपमा समूह चरणमा माल्दिभ्सविरुद्धको खेलमा त उनको नाममा दर्शकहरुले नाराबाजी जस्तै गरे ।
यता नेपाली टोली माल्दिभ्सविरुद्ध दबाबमा परेका बेला दर्शकदिर्घामा रहेका मानबहादुर पनि जोसमा उठे । दर्शकको नजरमा उनमा पर्यो र उनका पक्षमा नारा लगाउन थाले । नेपालले माल्दिभ्ससँगका खेल जोगाउन सकेन । ३–० ले गुमायो । नेपाल २५–२२, २५–२१ र २५–१४ ले पराजित भएको थियो । पहिलो खेलमा कीर्गिस्तानसँग हारिसकेको नेपाल समूह चरणबाट बाहिरयो, माल्दिभ्स अघि बढ्यो ।
दर्शकले मानबहादुरलाई जति मिस गरे, राष्ट्रिय टोलीलाई उनले सायद त्यो भन्दा बढी मिस गरे । उनले हाम्रो खेलकुदसँग भनेका थिए, ‘निकै मिस हुँदो रहेछ । बाहिर बसेर हेर्न गाह्रो हुदो रहेछ । यसमा मेरो आफ्नै गल्ति छ ।’
उनी राष्ट्रिय टोलीमा पर्ने खेलाडीका दाबेदार हुन् । उनको खेलको धेरैले प्रशंसा पनि गर्छन् । तर, एउटा घटनाले उनी टोलीमा समेटिएनन् । वैशाखमा प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुदलाई राष्ट्रिय टोलीको छनोटको आधार मानिएको थियो । त्यसको केहि दिन अघि मानबहादुर स्थानीय समाजको अनौपचारिक भलिबल खेल्न जापान उडे । उनी आठौं खेल्नुपर्छ भन्नेमा थिए ।
त्यसैले त्यहाँको प्रतियोगिता सकेर फर्किहाले । आर्मीका केहि खेल सकिसकेको थियो । उनी नेपालगन्ज पुग्ने उद्देश्यका साथ स्वदेश फर्के । तर उनलाई आर्मीले आठौं खेल्ने टोलीमा समावेश गरेको थिएन । खेल भन्दा कुनै खेलाडी ठूलो हुन्न भन्ने मानले पनि त्यति बेला मात्र थाहा पाए । आठौंको प्रदर्शनका आधारमा २५ खेलाडी छनोट हुँदा मान त्यसमा अटेनन् ।
उनले त्यसमै आफ्नो गल्ति भएको स्वीकार गरेर नै होला । उनी बीच भलिबल खेल्न पोखरा गए । जहाँ उनको जोडी च्याम्पियन पनि बन्यो । नेपाल भलिबल संघले भलिबल टोलीमा नहुनेले बीच खेल्न पाउने निर्णय सुनाएपछि मान त्यसतर्फ लागे । अब उनी बीच भलिबलबाट नेपालको प्रतिनिधित्व गर्ने तयारीमा छन् ।
घरेलु कोर्टमा च्याम्पियनसिप भइराख्दा उनको माग त बढेको देखियो । तर, टोलीका कप्तान इम राना मगर भने मानको अभाव मान्न तयार छैनन् । मान आफ्नै गल्तीका कारण टोलीमा नसमेटिएको बताउँदै इमले उनको प्रदर्शन पहिले जस्तो टोलीको लागि अत्यावश्यक नरहेको समेत बताए ।
‘मान आफ्नै गल्तीले टोलीमा नपरेको हो । राष्ट्रिय टोलीका लागि छनोट नै नखेली दुई पैसाका लागि जापान जानु उसकै गल्ति हो’ , माल्दिभ्सको खेलपछि कप्तान इमले भने, ‘अहिले उनको स्तर पहिले जस्तो छैन । उनले भर्खरै सम्पन्न प्रधानसेनापति भलिबलमा पनि बेन्चमा रहेर खेलेका थिए । उनको ठाँउमा राजेन्द्र विष्टले राम्रो खेलेका थिए । उनी यसअघि राम्रो खेलाडी भएपनि अहिले टोलीका लागि नभई नहुने खेलाडी होइनन् । उनी नहुँदा टोलीको हार भएको म मान्दिन ।’
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]