default_image

5 years ago

August 21, 2019

तुर्केमिनिस्तान सेमिफाइनलमा, बंगलादेश बाहिरियो

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तुर्केमिनिस्तान समूह ‘बी’को उपविजेताका रुपमा एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

समूह चरणको अन्तिम खेलमा बुधबार बंगलादेशलाई ३–१ ले हराउँदै तुर्केमिनिस्तान अन्तिम चारमा पुगेको छ । तेस्रो सेट रोमाञ्चक बनेको खेलमा तेर्केमिनिस्तानले २५–२२, २५–१६,२७–२९ र २५– १६ ले आफ्नो पक्षमा पारेको थियो । बंगलादेश समूह चरणबा सबै तीन खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

तेस्रो सेट रोमाञ्चक मोडमा पुगेका बेला कभर्ड हलको बत्ति निभेपछि भने झन्डै २० मिनेट खेल अबरुद्ध भएको थियो । बत्ति निभ्दा बंगलादेश २६–२५ ले अगाडि थियो । त्यहिबाट पुनः खेल सुरु हुँदा त्यो सेट बंगलादेशले जितेको थियो ।

साविक विजेता समेत रहेको तुर्केमिनिस्तान मंगलबार उज्वेकिस्तानसँग भने पराजित भएको थियो । बुधबार नै भएको खेलमा अफगानिस्तानलाई हराउँदै उज्वेकिस्तान शतप्रतिशत जितसहित समूह बीको विजेता बनेको थियो । त्यो हारसँगै अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएको थियो ।

अब सेमिफाइनलमा समूह ‘ए’को विजेता कीर्गिस्तानले तुर्किमिनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । उज्वेकिस्तानले भने समूह ‘ए’को उपविजेता माल्दिभ्ससँग खेल्ने छ । माल्दिभ्सले आजै भएको खेलमा नेपाललाई ३–० को सोझो सेटमा हराउँदै अन्तिम चारको यात्रा तय गरेको थियो ।

नेपालले भने च्याम्पियनसिपमा समूह चरणका दुवै खेल गुमाएको छ । च्याम्पियनसिपको समूह चरणबाट बाहिरिने नेपाल पहिलो टोली बनेको थियो । अब नेपालले शुक्रबार च्याम्पियनसिपको पाँचौं वरियताका लागि प्रतिस्पर्धा गर्नेछ ।

बिहीबारको सेमिफाइनल
पहिलो कीर्गिस्तानविरुद्ध तुर्केमिनिस्तान (दिउँसो २ः३० बजे)
दोस्रो उज्वेकिस्तानविरुद्ध माल्दिभ्स (दिउँसो ४ः३० बजे)

September 22, 2024

ज्याक्युशा ललितपुर क्विन्सको ट्यालेन्ट हन्ट बाट छनोट

काठमाडौं (हाम्रो खेलकुद) – सिंगापुरमा भलिबल सिकेकी ज्याक्युशा थापाले ललितपुर क्विन्स बाट एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्। जावलाखेल भलिबल तालिम केन्द्रमा शनिवार भएको ट्यालेन्ट हन्ट मार्फत ज्याक्युशा ललितपुर क्विन्सका लागि छनोट भएकी हुन् । करिब ४५ जना सहभागीबाट ज्याक्युशा छनोट हुन सफल भएकी हुन् । ललितपुर स्थित नखिपोटमा बस्ने ज्याक्युशाको बुवा सिंगापुर […]

September 22, 2024

राष्ट्रिय भेट्रान चेसमा बद्रीलालको अग्रता

धादिङ (हाम्रो खेलकुद) – छैटौं राष्ट्रिय भेट्रान बुद्धिचाल प्रतियोगितामा तीन पटकका पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीले एकल अग्रता लिएका छन् । बद्रीलालले पाँचौ चरण सम्मको खेलमा ४ जित, एक बराबरी खेल्दै ४.५ अंक जोडेर शीर्षस्थानमा रहेका छन् । नेपाल बुद्धिचाल महासंघको आधिकारिक क्यालेण्डर प्रतियोगिता मध्येको एक ‘छैटौं राष्ट्रिय भेट्रान’ प्रतिस्पर्धामा बद्रीलालले स्याङ्जाका मोहन सिं प्रधान, […]

September 22, 2024

डिभि ट्राभल्सलाई पार्क भलिबल उपाधि, सन्जुविक्रम सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – डिभि ट्राभल्सले फोर ए साइड पुरुष पार्क भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शनिबार भएको फाइनलमा युके लन्डन टिमलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो । उपाधिसँगै डिभि ट्राभल्सले १ लाख १ हजार रुपैयाँ, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो […]

Success

Thank you for your time.