6 years ago
August 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – समूह चरणबाट बाहिरिएका दुई टोली नेपाल र अफगानिस्तानले एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको पाँचौं वरियताका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
दुवै खेल हार्दै समूह ‘ए’को पुछारमा रहेको नेपालले शुक्रबार हुने पाँचौ र छैटौं स्थानको खेलका लागि अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने तय भएको हो । समूह ‘बी’मा रहेको अफगानिस्तान उक्त समूहको तेस्रो स्थानमा रहेका कारण पाँचौं वरियताका लागि प्रतिस्पर्धा गर्ने मौका पाएको हो ।
चार टोली रहेको समूह चरणमा बंगलादेशलाई हराएको अफगानिस्तान समूहको तेस्रो स्थानमा रहेको थियो । तीन टोली रहेको समूहमा दुवै खेल हारेपछि नेपाल स्वतः तेस्रोमा रहेको थियो । बंगलादेश भने च्याम्यिनसिपको पुछारको टोली रहेको छ ।
नेपाल र अफगानिस्तानबीच एक सातामा तेस्रो पटक खेल हुन लागेको हो । च्याम्पियनसिप अघि बुधबार र बिहीबार नेपाल र अफगानिस्तान बीच दुई मैत्रीपूर्ण खेल भएका थिए । दुवै खेलमा नेपालले अफगानिस्तानलाई ३–२ ले हराएको थियो ।
च्याम्पियनसिपको तेस्रो स्थान र पाँचौं स्थानका लागि खेल शुक्रबार हुनेछ । च्याम्पियनसिमा बुधबार सेमिफाइनल खेल हुनेछन् । पहिलो सेमिफाइनलमा कीर्गिस्तान र तुर्किमिनिस्तान बीच प्रतिस्पर्धा हुनेछ । अर्को सेमिफाइनलमा उज्वेकिस्तानले माल्दिभ्सको सामना गर्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]