6 years ago
August 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलहरु आज हुँदै छन् । हालसम्म नेपाल रहेको समूह ‘ए’ बाट उपाधि दावेदार किर्गिस्तान समूह विजेता बन्दै पाँचौ संस्करणको सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
किर्गिस्तानले समुहका दुवै खेलमा नेपाल र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बनेको हो । यो समूहमा तीन टोली मात्रै रहेकाले नेपाल र माल्दिभ्स दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना जीवितै छ । यस्तो आज साँझ ‘गर या मर’ को अवस्थामा घरेलु टोली नेपालले आज समूहको अन्तिम खेलमा माल्दिभ्ससँग खेल्दैछ । खेल ५ बजेपछि लगनखेलमा रहेको आर्मीको कभर्डहलमा सुरु हुनेछ ।
किर्गिस्तानले ६ अंक जोड्दा नेपाल र माल्दिभ्स जितविहीन छ । यही खेलले समुह ‘ए’ बाट अघिल्लो चरण पुग्ने अर्काे टोलीको टुङ्गो लगाउनेछ । सोही कारण अघिल्लो चरणको यात्रा तय गर्न घरेलु टोलीलाई जितबाहेक विकल्प नै छैन । त्यसैले घरेलु मैदानमा हजारौ समर्थको साथ पाउने नेपाल माल्दिभ्सलाई पराजित गर्ने लक्ष्यमा मैदान उत्रनेछ ।
हारले नेपालको यात्रा समूह चरणमै रोकिने छ । त्यसैले नेपाली टोली सचेत भएर माल्दिभ्सविरुद्ध उत्रनेछ । समूह चरणको पहिलो खेलमा किर्गिस्तानविरुद्धको खेलमा मन जित्ने प्रदर्शन गरेपनि नेपालले सोझो सेटमा गुमाएको थियो । नेपाली टोली घरेले भुमिमा समर्थकलाई निराश नबनाउने लक्ष्यमा हुनेछ ।
सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा आज अन्य दुई खेल पनि हुनेछ । दिनको पहिलो खेलमा समुह ‘बी’ बाट उज्वेकिस्तान र अफगानिस्तान भिड्नेछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ । सेमिफाइनल नजिक पुगेको उज्वेकिस्तान शतप्रतिशत नतिजा आत्मसाथ गर्दै समूह विजेता बन्ने लक्ष्यमा हुनेछ । उज्वेकिस्तानले यसअघि तुर्केमिनिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको थियो । अघिल्लो चरण प्रवेश यात्रा सहज बनाउन अफगानिस्तानलाई समेत बलियो प्रतिद्वन्दीविरुद्व जित निकाल्न आवश्यक छ ।
अर्काे खेलमा साँझ ७ बजे तुर्केमिनिस्तान र बंगलादेश खेल्दैछ । अघिल्लो चरण प्रवेशको सम्भावना रहेको तुर्केमिनिस्तानलाई जित आवश्यक छ । पहिलो खेलमा तुर्केमिनिस्तानले अफगानिस्तानलाई हराएको थियो । बंगलादेशले भने उज्वेकिस्तानसंग हार ब्यहोेरेको थियो । बंगलादेशलाई समेत अघिल्लो चरण प्रवेशको गणितिय सम्भावना जिवित राख्न तुर्केमिनिस्तानविरुद्व जित आवश्यक छ ।
समुह ‘बी’ मा शीर्षस्थानको उज्वेकिस्तानको ६ अंक छ । तुर्केमिनिस्तानको ३ तथा अफगानिस्तानको २ अंक छ । अफगानिस्तानविरुद्ध १ अंक खोस्न सफल बंगलादेश तालिकाको पुछारमा छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]