6 years ago
August 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कीर्गिस्तान राजधानीमा जारी एभिसी एसियन सेन्ट्रल जोन सिनिय पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनल पुग्ने पहिलो टोली बनेको छ ।
समूह एको दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सहज सेटमा हराउँदै कीर्गिस्तान अन्तिम चारमा पुगेको हो । लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा भएको खेलमा कीर्गिस्तानले माल्दिभ्सलाई २५–१५,२६–२४ र २५–१९ ले हराएको थियो ।
दोस्रो सेट भने निकै प्रतिस्पर्धात्मक रह्यो । एक समय ७ अंकले पछि परेको कीर्गिस्तानले लगातार ५ अंक जोड्दै खेलमा फर्केको थियो । लगातार दुई खेल जित्दै कीर्गिस्तान ६ अंकका साथ अघिल्लो चरणमा पुगेको हो ।
पहिलो दिन कीर्गिस्तानले आयोजक नेपाललाई २५–२३,२५–२२ र २५–२२ ले हराएको थियो ।
अब नेपाल र माल्दिभ्सबीच बुधबार हुने खेलको विजेता समूह ‘ए’को उप विजेताका रुपमा सेमिफाइनल पुग्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]