6 years ago
August 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)– प्रथम मिराई कादम्बरी कप अन्तर कलेज फुटसल प्रतियोगिताको छात्रातर्फ किङ्स कलेज र छात्रातर्फ कुमारी फुटसल विजयी भएको छ ।
कादम्बरी मेमोरियल कलेजले आयोजना गरेको प्रतियोगिताको सोमबार छात्रतर्फको फाइनलमा किङ्सले सफ्टारिका कलेजलाई १–० ले हराएको थियो । त्यस्तै छात्रातर्फको फाइनलमा कुमारी फुटसलले चामुन्डा स्पार्टस् क्लबलाई १–० ले हराएको थियो ।
छात्रातर्फ सुबु खड्का र छात्रतर्फ प्रकाश थापा उत्कृष्ट खेलाडी छनोट भए । विजेता छात्रा टोलीले उपाधिसहित ३० हजार तथा छात्रातर्फको विजेताले उपाधिसहित १५ हजार रुपैयाँ प्राप्त गर्यो । प्रतियोगितामा छात्रतर्फ २० र छात्रातर्फ ६ टोलीको सहभागिता थियो ।
सोही अवसरमा आयोजक कलेजले नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सन्तोष तामाङलाई सम्मान गरेको थियो ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]