6 years ago
August 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)– एभिसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको साविक विजेता तुर्किमिनिस्तान पराजित भएको छ । अर्कोतर्फ उज्वेकिस्तानले भने च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गर्दै अघिल्लो चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको छ ।
लखनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा मंगलबार भएको खेलमा उज्वेकिस्तानले तुर्किमिनिस्तालाई ३–० को सोझो सेटमा हराएको थियो । एकतर्फी खेलमा उज्वेकिस्तान २५–१८,२५–२१ र २५ – १५ को सोझो सेटमा विजयी भएको थियो ।
च्याम्पियनसिपको पहलिो दिन उज्वेकिस्तानले बंगलादेश र तुर्किमिनिस्तानले अफगानिस्तानलाई हराएको थियो । आजै भएको समूह बीको अर्को खेलमा अफगानिस्तानले पहिलो जित दर्ता अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवित राखेकोे छ ।
अफगानिस्तानले बंगलादेशलाई ३–२ ले हराउँदै दोस्रो खेलमा पहिलो जित हासिल गरेको हो । अफगानिस्तानले बंगलादेशलाई २५–२१ १९ –२५,१८–२५,२५–२२ र १५–१२ ले आफनो पक्षमा पारेको थियो ।
समूह बीमा उज्वेकिस्तानले २ खेल जित्दा , तुर्किमिनिस्तान र अफगानिस्तानले समान १ खेल जितेका छन् । बंगलादेशले भने दुई खेलमा जित हासिल गर्न सकेको छैन । आज नेपाल रहेको समूह एमा मादिभ्स र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]