6 years ago
August 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)– एभिसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको को दोस्रो दिन समूह ‘बी’मा अफगानिस्तानले पहिलो जित दर्ता अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवित राखेकोे छ । अफगानिस्तानले बंगलादेशलाई ३–२ ले हराउँदै दोस्रो खेलमा पहिलो जित हासिल गरेको हो ।
लगनखेलस्थित नेपाली सेनाको कर्भड हलमा मंगलबार अफगानिस्तानले बंगलादेशलाई २५–२१ १९ –२५,१८–२५,२५–२२ र १५–१२ ले आफनो पक्षमा पारेको थियो । पहिलो दिन दुवै टोलीले हारबाट च्याम्पियनसिपको सुरुवात गरेका थिए । त्यसअर्थमा दुवै टोलीलाई अघिल्लो चरण पुग्नका लागि आजको खेल जित्नै पर्ने बाध्यता थियो ।
पहिलो दिन सोमबार बंगलादेश उज्वेकिस्तानसँग पराजित भएको थियो । त्यो खेलमा उज्वेकिस्तान २५–१६,२५–१६ र २५–२३ ले विजयी भएको थियो । त्यसअघि समूह ‘बी’कै अर्को खेलमा अफगानिस्तान तुर्किमिनिस्तानसँग ३–१ ले पराजित भएको थियो । त्यो खेल तुर्किमिनिस्तानले ३२–३०,१६–२५,२७–२५ र २६–२४ ले जितेको थियो ।
च्याम्पियनसिपकै अर्को खेलमा अब एक एक खेल जितिसकेका तुर्किमिनिस्तान र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । आजै नेपाल रहेको समूहमा मादिभ्स र कीर्गिस्तानबीच खेल हुनेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]