default_image

6 years ago

August 19, 2019

सेन्ट्रल जोन भलिबललाई युएई समितिको सहयोग

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघ संयुक्त अरब इमिरेट्स (यूएई) सम्पर्क समितिले सोमबार सुरु भएको एभिसी एसियन सेन्ट्रल जोन सिमियर मेन्स भलिबल च्याम्पियनसिपमा आर्थिक सहयोग गरेको छ ।

समितिका संयोजक एवंम् पूर्व भलिबल खेलाडी इश्वर घमाल ।

समितिका संयोजक एवंम् पूर्व भलिबल खेलाडी इश्वर घमाल र अन्य पूर्व खेलाडीहरुले १ लाख रुपैयाँ संकलन गरि च्याम्पियनसिपका लागि पठाएका छन् ।

घमालकी श्रीमती लक्ष्मी घमालले सोमबार च्याम्पियनसिपको पहिलो दिन नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दलाई हस्तान्तरण गरेकी थिइन् ।

नेपालसहित ७ राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपका लागि २ करोड रुपैयाँ भन्दा बढी खर्च हुने संघले जनाएको छ । च्याम्पियनसिपलाई राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि, नेपाल उद्योग वाणिजय महासंघ, नेपाल सेटलाईट टेलिकम प्रालि, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, गोल्डस्टार जुत्ता , सेन्चुरी बैंक र श्रेष्ठ टेलरिङ सेन्टरले सहयोग गरेका छन् ।

त्यस्तै भलिबल संघका सल्लाहकार तथा पूर्व महासचिव जय नारायण चौधरीले च्याम्पियनसिपका लागि भलिबलका विभिन्न खेल सामग्री सहयोग गरेका थिए । चौधरीले जापानिज सिन्हो कम्पनीबाट करिव ११ लाख रुपैया बराबरको भलिबल खेल सामग्री खरिद गरी पठाएका थिए । जसमा एफआइभीभीबाट मान्यता प्राप्त १ सेट पोल, १ थान नेट, १ जोडी एन्टेना र १ सेट पोस्ट कभर छन् । यी सामान अहिले च्याम्पियनसिपमा प्रयोग भइरहेको छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.