6 years ago
August 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एभिसी सेन्ट्रल जोन मेन्स भलिबल च्याम्पियनसिपमा भाग लिनका लागि उज्वेकिस्तानको भलिबल टोली आइतबार नेपाल आइपुगेको छ । सोमबारबाट सुरु हुने च्याम्पियनसिपका लागि अन्य टोली भने यसअघि नै आइसकेका छन् ।
नेपालसहित च्याम्पियनसिपमा ७ राष्ट्रको सहभागिता रहेको छ । सहभागी मध्येकै एक टोलीले अफगानिस्तान र नेपालबीच दुई वटा मैत्रीपूर्ण खेल भएको थियो । जसमा दुवै खेलमा आयोजक नेपाल विजयी भएको थियो ।
च्याम्पियनसिपको समूह एमा नेपालसहित कीगिस्तान र माल्दिभ्स छन् । त्यस्तै समूह बीमा तुर्किमिनिस्तान, बंगलादेश, उज्वेकिस्तान र अफगानिस्तान छन् ।
पहिलो दिन सोमबार बिहान १० बजे अफगानिस्तान र तुर्किमिस्तानबीच खेल हुनेछ । उद्घाटन खेल दिउँसो ४ः०० बजे नेपाल र कीर्गिस्तानबीच हुनेछ । त्यस्तै सोमबार नै साझ ६ः०० बजे बंगलादेश र उज्वेकिस्तानबीच खेल हुनेछ ।
उज्वेक टोली नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के, सचिव मनवीर छन्त्याल, सदस्य ज्योति केसी, रोशन श्रेष्ठलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]