6 years ago
August 17, 2019
काठमाडौ (हाम्रो खेलकुद)- बडिविल्डर समिर श्रेष्ठले एशिया प्यासिफिक बडिबिल्डिङ एन्ड फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा चौथो स्थान हासिल गरेका छन् ।
थाइल्याण्डको बैककमा भएको प्रतिस्पर्धामा समिर आफ्नो ६५ केजी तौल समुहमा चौथो स्थान हात पारेका हुन । एक दर्जन देशको सहभागिता रहेको प्रतियोगितामा नेपालबाट दुई पुरुष खेलाडीले सहभागिता जनाएका छन् । अर्का खेलाडी राजु राई छन् ।
वुमन्स मोडल फिजिक्समा मल्लिका शाक्य र मेन्स फिटनेस फिजिक्समा प्रतिस्पर्धा गर्नेछ ।
च्याम्पियनसिपका लागि ४ सदस्यीय नेपाली टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको थियो । टिम अफिसियलमा दिनेश राजभण्डारी छन् । च्याम्पियनसिप अगस्ट १६ देखि १९ सम्म बैंककमा आयोजना हुदैछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]