default_image

6 years ago

August 17, 2019

फुटसल राष्ट्रिय टोलीको लागि प्रारम्भिक चरणमा ३० खेलाडी

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको फुटसल कमिटिले राष्ट्रिय फुटसल टोलीका लागि प्रारम्भिक चरणमा ३० खेलाडीलाई छनोट गरेको छ ।

भाटभटेनी हेल्थ क्लब चुच्चेपाटीमा ५ दिनसम्म भएको ओपन ट्रायलबाट ३० खेलाडी छनोट गरिएको एन्फाका केन्द्रिय सदस्य तथा फुटसल कमिटिका संयोजक दावा लामाले जानकारी गराए । ट्रायल २७ साउनबाट ३१ साउनसम्म भएको थियो । ट्रायलमा प्रशिक्षकहरु चक्र तामाङ, विनोद लामा, चेतन घिमिरे, गौरव बस्नेत र सरोज थापाले सघाएका थिए ।

एन्फा र फुटसल कमिटिले ताजिकिस्तानमा अक्टोबरमा हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोटका लागि राष्ट्रिय टोलीका लागि ओपन ट्रायल लिएको हो ।

छनोट भएका खेलाडीहरुको ५ भदौबाट बन्द प्रशिक्षण शुरु हुने संयोजक लामाले बताए । बन्द प्रशिक्षण दौरान नै खेलाडीहरुको फिजिकिल फिटनेससँगै स्किल टेस्ट हुने छ । २० भदौसम्ममा १४ सदस्यीय टोलीको अन्तिम छनोट गरिनेछ ।

त्यसरी तयार हुने टोलीले अर्काे वर्ष इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोट खेल खेल्नेछ । छनोट खेल ताजिकिस्तानमा अक्टोवरमा हुनेछ । सेन्ट्रल र साउथ जोन अन्तरगत छनोटमा नेपाल ताजिकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेको समूह ‘ए’ मा रहेको छ ।

नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग अक्टोवर २३ मा खेल्नेछ । २४ अक्टोवरमा उज्वेकिस्तान र २५ अक्टोवरमा समूहको अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ ।

राउन्ड रोविनपछि ६ वटा समूहका विजेता टोलीले फाइनल चरणमा प्रवेश पाउनेछन् । आयोजक राष्ट्रको हैसियतमा तुर्केनिस्तानले सोझै फाइनल चरण खेल्नेछ ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 23, 2025

खेलकुद पत्रकार मन्चका अध्यक्ष सुवेदीलाई पितृशोक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]

Success

Thank you for your time.