6 years ago
August 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिता नेपाल २०१९ अन्तर्गत समूह चरणको खेलतालिका र समूह विभाजन शुक्रबार सार्वजनिक भएको छ ।
नेपाल रहेको समूह ‘ए’ मा माल्दिभ्स र किर्गिस्तानसहित ३ टोली रहेका छन् । यस्तै समूह ‘बी’ मा साविकको विजेता तुर्कमेनिस्तान, बंगलादेश, उज्बेकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले समूह चरणको एक खेल मात्र जितेपनि सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । दुवै समूहबाट शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
समूहको तेस्रो स्थानमा आउने दुई टोलीले पनि पाँचौ र छैटौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । यस्तै सेमिफाइनलमा पराजित दुई टोलीले तेस्रो स्थानको लागि पनि प्रतिस्पर्धा गर्नेछन् । नेपालले समूह चरणका खेलमा सोमबार ४ बजे किर्गिस्तानको सामना गर्नेछ । दोस्रो खेलमा बुधबार ५ बजे माल्दिभ्ससँग खेल्नेछ । तालिका अनुसार सेमिफाइनल बिहीबार तथा फाइनल खेल शनिबार २ बजे हुनेछ । प्रतियोगिताको सम्पूर्ण खेल लगनखेलस्थित आर्मीको कभर्ड हलमा हुनेछ ।
प्रतियोगिताको खेल तालिका:
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]